बालिकामाथि सामूहिक बलात्कार

८ चैत, दाङ । दाङ तुलसीपुरमा मंगलबार राति एक बालिका सामूहिक बलात्कारको सिकार भएकी छन् ।
तुलसीपुरको नयाँ बसपार्कमा ६ जना युवाको समूहले १३ वर्षकी बालिकामाथि जबर्जस्ती बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घरमा आमासँग झगडा परेर निस्किएकी ती बालिकालाई युवाहरूले बसपार्कमा रोकिराखेको ना.२.ख ५५९१ बस भित्र लगेर बलात्कार गरेका हुन् ।
इप्रका तुलसीपुरबाट खटिएको प्रहरी टोलीले बलात्कारमा संलग्न युवालाई राति नै पक्राउ गरेको प्रहरीनिरीक्षक मदन थापाले जानकारी दिए । पक्राउ पर्नेमा सल्यान शंखमूल-७ का सुवास वली, सल्यान छायाक्षेत्र-९ का विकास पुन, रविन नेपाली, खलंगा-५ अम्मर श्रेष्ठ, छायाक्षेत्र-७ का मोहन विक छन् । प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको छ । घटनामा संलग्न भई फरार रहेका टाइगर भनिने व्यक्तिको खोजी भइरहेको प्रहरीनिरीक्षक थापाले जानकारी दिए । बलात्कृत बालिकालाई उपचारपछि घर पठाइएको उनले बताए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out