रेखाको नाम लिएपछि आर्यनले के गरे ?

नायिका रेखा थापा र नायक आर्यन सिग्देलबीचको शितयुद्ध सबैसामु छर्लङ्गै छ । नायिका थापा आर्यनको नाम लिन चाहँदिनन् भने आर्यनको पनि कथा उस्तै छ । चलचित्र ‘कसले चोर्यो मेरो मन’को छायांकन समाप्ति सँगसँगै बढेको यि दुईको शितयुद्ध अहिले पानी बाराबारको अवस्थामा छ । यसैले पनि कुनै सार्वजनिक कार्यक्रममा एक अर्का प्रति व्यंग्य प्रहार गर्नु यि दुईको रोग जस्तै बनेको छ ।
बिहीबार राजधानीमा भएको एक कार्यक्रममा पनि यस्तै कथा दोहोरियो । कार्यक्रममा हाफ टिसर्ट लगाएर पुगेका आर्यन बेलुकी हुँदै गएपछि चिसोले पीडित बनेका थिए । कार्यक्रममा रेखाको बारेमा कुरा चल्नु स्वभाविकै थियो । रेखाले बोलेको शताब्दी शब्द अहिले निक्कै चर्चित छ । आर्यन पनि यस्तै भिडमा हराए । एकछिन उनले पनि अन्य व्यक्तिको मुखबाट रेखाको बारेमा गरिएका कुरा सुने र आफुले पनि केही बोले । रेखाको चर्चा केही पत्रकार र आर्यनको बीचमा मसला बनिरहेको थियो ।
एकछिन उनको चर्चा भएपछि आर्यनले भने -’अरे कस्तो मान्छेको नाम लिइएछ, खै पानी कहाँ छ, मुख खोकल्नु पर्यो’ उनी पानी कहाँ छ भन्दै खोज्न थाले । आर्यनले पानी खोज्दै हिँडेपछि उपस्थित पत्रकाहरुमाझ केही समय हाँसो छुट्यो । आर्यनको रेखाप्रतिको यो व्यवहारले यि दुई बीचको शितयुद्ध कहाँसम्म पुगेको रहेछ भन्ने थाहा हुन्छ । आर्यनले आखिर किन रेखाको नाम समेत आफ्नो मुखबाट उच्चारण गर्न चाहेनन् त ? उच्चारण गरिसकेको नाम पनि उनले किन पानीले मुख खोकलेर सफा गर्न खोजे ?
जेहोस् आर्यन र रेखा बीचको यो लफडा भने हेर्न लायक नै छ । तर रेखाको सम्बन्ध आर्यनसँग मात्र होइन, उनले अभिनय गरेका अधिकांश नायकसँग छैन । आखिर रेखा नै हुन्, मन नपरेको मान्छेसँग त कहाँ सम्वन्ध गाँस्छिन् र ? आखिर रेखाको भाषामा नै भन्ने हो भने त, यि बच्चा भाइहरुले के नै गर्न सक्छन् र ? हैन त रेखा जी ?

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out