सलमान मेरो विशेष मान्छे : कटरिना

बलिउड अभिनेत्री कटरिना कैफ र उनका पूर्वप्रेमी अभिनेता सलमान खानबीच पछिल्लो समयमा झगडा भएको चर्चा चलेको थियो । शाहरुख खानको फिल्ममा अभिनय गर्न कटरिनाले सलमानसँग झगडा गरेको हल्ला चलेको थियो । बोलचाल समेत बन्द भएका शाहरुखको फिल्ममा कटरिना खेल्ने कुराले सलमान बेखुसी थिए त्यसैले उनले कटरिनालाई उक्त फिल्ममा नखेल्न सुझाव दिएका थिए ।
पछिल्लो समय आफुसँग नजिकिएकी भुपु मायालुललाई आफ्नो सत्रुसँग नजिक हुन नदिनु सलमानको धर्म नै थियो । त्यसैले उनले कटरिनालाई शाहरुखको फिल्ममा नखेल्न अह्राए । तर कटरिनाले सलमानले भनेको मानिनन् र उल्टै झगडा गरेर शाहरुखको फिल्ममा खेलेरै छाड्ने अड्डी लिइन् भन्ने खबर सार्वजनिक भएको थियो । यो खबर सार्वजनिक भएपछि धेरैले सलमान खान र कटरिना फेरी टाढिँदै गएको अड्कल काटिएको थियो । तर कटरिनाले भने आफ्नो सलमानसँग झगडा नभएको र आफ्नो लागि अझैपनि सलमान स्पेशल रहेको बताएकी छिन् ।
यश चोपडाको फिल्ममा शाहरुख खानसँग अभिनय गरिरहेकी कटरिनाले आफ्नो सलमानसँग झगडा भएको भन्ने खबरको खण्डन गर्दै शाहरुख सँग यशराजको फिल्ममा अभिनय गर्न पाउँदा आफुलाई खुसी लागेको पनि बताइन् ।
के सलमान खान तपाइँको लागि अब विगत भैसके ? भन्ने प्रश्नमा कटरिनाले उत्तर दिएकी छिन्, मिडियाले जे पनि भन्छन् तर सलमान मेरो लागि सधै विशेष रहनेछ । ऊ मेरो राम्रो साथी हो । मैले मेरा हरेक समस्या ऊ सँगै शेयर गर्छु । पछिल्लो समय फिल्म एक था टाइगरको शुटिङका दौरान सलमानको साथमा हामी सबैले खुबै मस्ती गर्यौँ । हाम्रो सम्बन्धमा तनाव आएको खबर सबै गलत हो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out