घुस खाएर सरुवा गर्ने मन्त्री, सचिव र सहसचिव बली

काठमाडौं, फागुन २६ ।  कर्मचारी सरुवामा अग्रिम घुस लिने सामान्य प्रशासन मन्त्री रामकुमार यादवले सरुवा बदर हुनुपर्छ भन्दैआएका सचिव तिलकराम शर्मालाई सरुवा भएको डेढ महिना नपुग्दै क्षेत्रीय प्रशासन कार्यालय मध्यमान्चलमा सरुवा गरे भने कर्मचारी प्रशासन महाशाखाका सहसचिव कृष्णबहादुर रावतलाई पनि एक महिनामै सरुवा गरेका छन् । मन्त्रालयका सचिवलाई क्षेत्रीय प्रशासन कार्यालयमा सरुवा गरेको यो नै पहिलो घटना भएको प्रशासन क्षेत्रमा चर्चा छ। मन्त्री यादवले आर्थिक लेनदेन गर्ने कर्मचारी प्रशासन शाखाका उपसचिव युवराज अधिकारी, रामुराज कडरिया र अधिकृत लक्ष्मण थापालाई  चलाएका छैनन्। नेपाली कांग्रेस निजामती कर्मचारी युनियनका अध्यक्ष सुबोधकुमार देवकोटा, सचिव जीतबहादुर मडै र केन्द्रीय सदस्य भीम बस्नेतले प्याकेजमा घुस बुझाएर सरुवाका लागि दिएको सूची अनुसार काम गर्ने मन्त्री यादवले निजी सचिव नारायण ढकाल र सहयोगीहरु कमल गिरीहरुलाई पनि पैसा उठाउन लगाएका थिए।  
हरेक बर्ष माघ महिनामा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरुको सरुवा गर्ने निजामती सेवा ऐनको प्रावधान छ। त्यो ब्यवस्ता अनुसार २ बर्ष पुगेका कर्मचारीहरुको सरुवा गर्दा यसपटक एमाओवादी नेतृत्वको सरकार भए पनि नेपाली कांग्रेस निकट कर्मचारीहरुले सरुवामा आकर्षक कार्यालयमा जाने मौका पाएका छन्। सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखाका उपसचिव र अधिकृतहरुले भ्रष्टहरुलाई नै आकर्षक कार्यालयबाट आकर्षकमा लगेका छन्। राजपत्रअनंकित कर्मचारीको सरुवामा अधिकृत लक्ष्मण थापा र उपसचिव रामुराज कडरियाले आर्थिक लेनदेनकै आधारमा नीतिविपरीत सरुवा गरेका छन् भने अधिकृत र उपसचिवको सरुवामा उपसचिव युवराज अधिकारीले काठमाडौं उपत्यकाका कार्यालयमा ८० प्रतिशत र उपत्यका बाहिर १० प्रतिशत सरुवा भएकाले सरुवामा अनियमितता भएको एमाले निकट नेपाल निजामती कर्मचारी संगठन, राष्ट्रिय कर्मचारी संगठन लगायतका टे्रड युुनियनका नेताहरुको भनाइ छ। लक्ष्मण थापा भ्रष्ट र बदनाम भएकाले भन्सारबाट सरुवा भएका हुन्। उनी बाहिरी रुपमा अवसर लुट्न माओवादी भए पनि भित्री रुपमा युनियनकै समर्थक भएको उनलाई चिन्नेहरु बताउँछन्। उपसचिवद्वय कडरिया र अधिकारी त घोषित रुपमै युनियनका हुन्। उनीहरुलाई एमाओवादीभित्रको अन्तरद्वन्द्वको फाइदा लिंदै युनियन अध्यक्ष सुवोध देवकोटाले भरपूर उपयोग गर्दै सरुवामा मालपानी उठाएर भनेको कार्यालयमा सरुवा गराउन सफल भए। उपसचिव कडरियाले आफ्नै गाउँ सर्लाहीको बरहथवा गाविस सचिवसँग भाइ दिवाकरमार्फत् थमौती हुन २ लाख रुपैयाँ घुस मागेको कुरा उजागर भइसकेको छ।
 यसपटकको सरुवामा युनियन अध्यक्ष सुवोध देवकोटाले सचिव जीतबहादुर मडै र केन्द्रीय सदस्य भीमबहादुर बस्नेतमार्फत् करोडौं रुपैयाँ घुस संकलन गरेको उनकै संगठनको एक पक्षको आरोप छ। सुबोधले सरुवामा ठूलै टेण्डर पारेका छन्। बैदेशिक रोजगार, यातायात र मालपोतमा पम्फा भूसालले सरुवा गरेकालाई यथास्थानमा ल्याउने क्रममा युनियनले संस्थागत रुपमा आर्थिक लेनदेन गरेको र त्यसको भागबण्डा प्रधानमन्त्री पत्नी हिसिला यमीसम्म पुगेका कुराहरु धमाधम सार्वजनिक हुन थालेका छन्। मालापानी आउने अड्डा बैदेशिक रोजगार, मालपोत, यातायात, कम्पनी रजिष्टार, उद्योग विभाग, स्थानीय विकासका लागि अधिकृत र उपसचिवहरुबाट मात्रै कुस्त प्रिपेड घुस उठाइएको छ। यस्तो आर्थिक लेनदेनमा मालपोत, अध्यागमनमा बसी अकूत आर्जन गरेका मडै र बस्नेतलाई देवकोटाले परिचालन गरेका थिए।
सरुवामा घुसखोरी भएका कुराहरु सार्वजनिक हुन थालेपछि सरुवा बदर गर्नका लागि सामान्य प्रशासन मन्त्री रामकुमार यादव लागे पनि हिसिला पनि अनियमिततामा मुछिएकाले सरुवा बदर नहुने चर्चा छ। यद्यपि सरुवाको बारेमा छानबिन गर्न जिम्मेवारी दिइएका सचिव तिलकराम शर्मालाई सरकारले सोमबार क्षेत्रीय प्रशासन कार्यालय हेटौडामा सरुवा गरी पीडित सचिव धरणीधर खतिवडालाई खटाएको छ। सरुवामा अनियमितता भएकोले रद्द गर्न माग गर्नेमा प्रधानमन्त्री बाबुराम भट्टराईकै पार्टी समर्थक टे्रड युनियन पनि छ। तर उनले टे्रड युनियनको भनाइलाई बेवास्ता गर्दै सामान्य प्रशासन सचिवको संयोजकत्वमा समिति बनाएर सरुवा बदर नहुने संकेत दिइसकेका थिए। सामान्यको कर्मचारी प्रशासनमा बसी सरुवामा प्रिपेड घुस उठाउने उपसचिव युवराज अधिकारी र रामुराज दुवै एलडीओ हुनका लागि स्थानीय विकास मन्त्रालयमा सरुवा भएका छन्। एलडीओ पद केही बर्षदेखि उपसचिवका लागि निकै आकर्षक मानिने गरेको छ। विकास बजेटको ठूलो हिस्सा अनियमतिता गर्न पाइने भएकाले एलडीओ हुनका लागि तँछाडमडाड हुने गरेको छ। २०४८ सालदेखि स्थानीय विकास मन्त्रालयमा सरुवा भई विभिन्न जिल्लाको ९० एलडीओ भई अकूत आर्जन गरेका उद्धव तिमिल्सिना लगायतको ठूलो समूह स्थानीयबाट बाहिरिएको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out