हिजो बितिसक्यो, भोलि आएकै छैन

एसएलसी दिएर एघारमा पाइला टेकेका तन्नेरी पुस्ताको ध्याउन्न पढाइमाभन्दा मोजमस्तीमा बढी केन्द्रित छ। उनीहरुको जीवनशैली स्वच्छन्द मात्रै नभएर पनि खर्चिलो पनि छ। घरबाट पाइने पकेट खर्चले त पुग्दै पुग्दैन। कसरी चल्छ त पकेट खर्च? खोज्दै जाँदा शुक्रवार संवाददाता अनिता शिवाकोटीले छक्कै पर्दै बताइन्, 'यस्ती केटी पनि भेटिने जो आफ्नो खर्च जुटाउन अधबैँसे पुरुषसँग नियमित यौनक्रिडामा संलग्न थिइन् , अर्काे एकजना चोरी गर्न पनि हिच्किचाउन थिइन्। यस्तै हो भने त खोइ!'
अर्की संवाददाता सजना बरालको अनुभव पनि त्यस्तै थियो। नयाँपुस्ताका बारे जानकारी जुटाउने क्रममा उनले 'रगतमै पढाइ नभएका' केटा मात्र भेटिनन्, व्वाइफ्रेण्डको बाइकमा आफ्नै तेलखर्च हालेर धुलिखेल, ककनी हुँइकिने धेरै केटीहरूको सामना गरिन्। यही क्रममा नेपालगन्ज संवाददाता दिनेश गौतमले भने 'यहाँ पनि यस्तै हो फरक लेभल मात्रै छ!' हिजो बितिसक्यो भोली आएकै छैन, आजलाई गरामागरम बनाएर बाँच्ने धुनमा आत्मकेन्द्रित अहिलेका पुस्ताः
नयाँ पुस्ताको गरमागरम कथा
सजना बराल- न घर-परिवारको चिन्ता, न समाजको डर। देशकै मतलब नभएपछि दुनिया" त झन् मगजमा अटाउने कुरै भएन। अरु त अरु आफ्नै भविष्यको समेत अत्तोपत्तो छैन आजका युवा जमातलाई। कलेज जाने बहानामा कोही आधा दिन 'गोपी' दाईको चिया पसलमै बिताउँछन् भने कोही नागार्जुनको सैरसपाटामा निस्किन्छन्।

साथीभाइ, चुरोट, क्याफे, पार्टनर, गितार, फेसन, ग्याजेट्स, बाइक, स्कुटर, के के हो, के के! एकाउन्टेन्सीको प्रश्नपत्रभन्दा आवश्यकताको लिस्ट लामो हुन्छ। दुर्भाग्यको कुरा, स्कुल, कलेज र पढाई भने उनीहरूको तालिकामा अटाएका हुन्नन्। 'पढाइ त हाम्रो रगतमै छैन' सामाखुसीस्थित एक भिडियो गेम पार्लरमा भेटिएका सञ्जय मानन्धरले बताए, 'यो जुनीमा मरिहत्ते गरेर डिग्री हासिल गर्‍यो, अर्को जुनीमा फेेरि नर्सरी देखि पढ्न सुरु गर्नुपर्छ।'

उनको तर्कमा पार्लर नै हाँसोमय भएको थियो।

आठ, नौ कक्षामा उक्लिनेे बित्तिकै आफ्नो उमेरलाई मोजमस्ती, घुमघाम र स्वतन्त्रताको लायक ठान्छन् आजकलका केटाकेटीहरू। आफू जलिगान्टे भएपनि उनीहरूको संगत भने बावुसरहको मान्छेसँग हुन्छ। दुई-चार जना 'दाजु'हरूसँग दोस्ती गरेपछि त झन् भुँइमा खुट्टै टेक्दैनन उनीहरू। ज्यान सानो देखेर कसैले 'भाइ' भनेर बोलाए उनीहरूको दिमागको पारो तातेर विस्फोट नै भइदिन्छ। 'भाइ' भन्दा होच्याएको फिल हुन्छ। हामीसँग त 'सोल्टा' भनेर कुरा गर्नुपर्छ,' १७ वर्षिय भुपेन्द्र थापाले भने।

दुई-चार जना अनुभवी दाइहरूको आड पाएपछि काठमाडौँलाई आफ्नै अधिराज्य ठान्ने युवा जमात हिजोआज टोलैपिच्छे बग्रेल्ती भेटिन्छन्। अघिल्लो दिन रगताम्मे हुनेगरी कुस्ती खेलेका ठिटाहरू भोलिपल्ट दाइहरूको शरणमा पुग्दा जिल्लाराम हुन्छन्। दुवै पार्टीलाई आड-भरोसदिने नेतृत्वकर्ताहरू नै लड्ने लडाउनेको साझा भइदिएपछि हप्तौँदेखिको दुश्मनी 'ह्याण्डसेक' मा गएर टुङ्गिन्छ। यस्ता झगडाहरूको मूल कारण प्राय केटीहरू नै हन्छन्। 'एक त कुरौटे बानीले झगडा पार्छन्। अर्काेचाहिँ बढी फुर्ति देखाउने केटीहरू हामीलाई मन पर्दैन। हल्का जिस्काउँदा पनि मुख छाड्न थाले भने थप्पड लगाइन्छ। एकछिनमा ब्वाइफ्रेन्डका चम्चेहरू उराल्छन्। अनि सुरु हुन्छ महाभारतको भीषण युद्ध', सञ्जय भन्छन्,-'बरु रामधुलाई खाइन्छ। तर डराएर भागिदैँन।'ं

२१ औँ शताब्दीका चेलीहरू पनि आइलाग्ने माथि जाइलाग्न कम माहिर छैनन्। उस्तै परे केटालाई तबला बनाउन पछि हट्दैनन्। तिनीहरू मध्येकै एक हुन् सामाखुसीकी दिब्या तामाङ। स्कुलमा छ"दा म्याथ पढाउने सरलाई समेत भकुरेको अनुभव छ उनीसँग। 'क्लासमा कसैले पनि होमवर्क गरेको थिएन,' उनी सम्भि्कन्छिन् -'सबैलाई एक्सक्युज दियो बुढाले मलाई भने एक लठ्ठी हिर्कायो। मेरो पालो ब्याग तानेर एक दिएँ। दुइ हप्ता स्कुलबाट सस्पेन्ड भइयो।'

काठमाडौँको महङ्गीले आकाशिए पनि आफूहरूले पाउने पकेट मनीमा खासै हलचल नआएको बताउँछन् अधिकांश केटाकेटीहरू। दिनको दुई कप चिया र तीन-चार खेपको सर्कोमै आमा-बाउले खटाएको रकम आफलसिंह भएर सकिन्छ। ब्युटी पार्लर, मोबाइलको ब्यालेन्स, घुमघाम आदिमा भागभन्डा लगाउदा-लगाउँदै कान्छीहरूको खल्ती रित्तिसक्छ। 'त्यसमाथि, ब्वाइफ्रेन्डहरूले समेत चलाखी गर्न थालेपछि त केटीहरूको हालत खराब नहुने कुरै भएन!' आर्शीवाद कलेजकी एक छात्राले भनिन्,-'बाइक ताकेर मात्र के गर्नु, पेट्रोलको खर्च हामीले नै धान्नु पर्छ।'

हिजोआजका केटाकेटीहरू अभिभावकले खटाएर दिएको पकेट खर्चमा मात्रै दैनिक गुजारा चलाउँदैनन्। थप खर्च जुटाउन उनीहरू चतुर्‍याँइले भ्याएसम्मका तिकडम अँगाल्छन्। 'बाबा ममीले पसल पठाउँदा फिर्ता आएको पैसा आफै राख्छु,' जिसिए स्कुलकी मुना हमालले भनिन्। स्कुल पढ्ने अधिकांस केटाकेटीहरूले घरबाट पैसा असुल्ने साझा बाहाना भनेको नै प्राक्टिकल हो। 'आर्टसको विद्यार्थी भएकीले किताब किन्ने बहाना बनाएर पैसा माग्छु' पासाङ ल्हामू कलेजकी सीता थापाले भनिन्।

'हिजो' वितिसक्यो, 'भोलि' आएकै छैन! आजलाई गरमागरम बनाउनु नै आजका टिनएजरको विद्वता हो। बालापनले काँचुली फेर्दै गरेको यो उमेरमा 'टु मच नलेज इज म्याडनेस' भन्ने प्याराडक्ससँग मेल खाने सम्भावना चुलिएको हुन्छ। फलस्वरुप इच्छा र चाहना पूर्ति गर्ने होडमा आफ्नै खुट्टामा बन्चरो हानेको चाल पाउँदैनन् आजको युवा पुस्ता।


कलेजमा मस्ती गर्ने हो माया होइन
अनिता सिवाकोटी- टलक्क टल्केको पहेलो कपालले परैबाट सबैको ध्यान तानिरहेको थियो। त्यसमाथि ठाँउठाँउबाट राता, नीला, हरिया कपालका त्यान्द्राले उनलाई झन् फरक देखाईरहेको थियो। निलो वानपिसमा हाइहिल लगाएर हिडेकी उनलाई नहेर्ने त आँखै थिएनन्। कुनै प्रोफेसनल मोडलभन्दा कम थिइनन् उनी। सानातिना रेस्टुरेन्टमा त उनको आँखै जादैन। धनाढ्य परिवारकी एक्ली छोरीझैँ लाग्ने दिपिकाको बास्तविकता फरक छ। सामान्य परिवारकी उनी यो अवस्थासम्म आइपुग्नुका पछाडि पकेट मनी खोजीकै हात छ। साथीहरूसँग पार्टीमा जान पैसाको जोहो गर्न नसकेपछि उनले छिमेकी 'अंकल'को सहारा लिएकी थिइन्। ऋण स्वरुप लिएको रु ५०० सय तिर्न नसक्दा डराएकी उनले आठ कक्षा पढ्दा १४ बर्षको कलिलै उमेरमा कुमारित्व गुमाइन्। थानकोटमा घर भएर कामको सिलसिलामा बागबजारमा उनीहरूकै फ्ल्याटमा एउटा कोठा लिएर बसेका अर्धबैँसेले त्यसपछि नियमित आफ्नो शरिरको भोक मेट्ने र त्यसवाफत उनको सपिङदेखि साथीहरूसँग डिस्को जाने खर्चसमेत बेहोर्ने गरेका छन्। 'कहिलेकाहीँ त किन यस्तो गरें जस्तो लाग्छ। तर, साथीहरू जस्तै मस्ती लिन यति नगरे कहाँबाट आउथ्यो त पैसा।' आफैलाई प्रश्न गर्छिन्।
अक्सब्रिज ईन्टरन्यासनल कलेजमा पढ्ने ऋचा (नाम परिवर्तित) का लागि क्याम्पस जाने कुरा घरबाट बाहिरिने बहाना मात्रै हो। उनी आमासँग कहिले किताब चाहियो भन्दै पैसा माग्छिन् त कहिले कलेजमा प्रोजेक्ट वर्क छ भन्दै। कुनै एक बहाना बनाएर पैसा नलिएसम्म कलेजका लागि पाईलो पनि सर्दैन। घरमा ठगेको पैसा साथीसँग घुम्न जाँदा मन खोलेर खर्चिन्छिन् उनी। मंगलबजार घुम्यो, डि स्क्वायरमा गयो हुक्का खायो, रेस्टुरेन्ट चहार्‍यो, अनि १२/१ बजेतिर घर गयो। बस् यही हो उनको दैनिकी। कक्षा ११ को परीक्षा आउने दिन धेरै टाढा छैन। तर, उनी कक्षामा हाजीर भएको दिन मुश्किलले १ महिना पुग्छ। 'कसले पढ् भन्छ र। सरको लेक्चर भन्दा त डी स्क्वायरको हुक्का नै मिठो,' दिल खोलेर हाँस्छिन् उनी।
ऋचाकी साथी नमिता साथीहरूसँग फिल्म हेर्न, बङ्कर्स पार्टीमा जान खुब रुचाउँछिन। बाइकवाला केटा साथी टन्नै छन् उनका। उनको साथी हुन बाइक अनिबार्य सर्त हो। मोडिफाई बाइकको पछाडि बसेर हावाको बेगमा हुँइकिनु उनको सोख हो। 'ग्याङ्मा घुम्न जादा बाईक पछाडि बसेर चिच्याउँदाको सानै बेग्लै हुन्छ', उनले भनिन्। नमितालाई ब्वाईफ्रेन्डले घुमाउन लगेको र पैसा दिएको देख्दा उनका साथी इर्ष्या गर्छन्। ऋचाले त्यति गाँठवाला केटा अझै भेटेकी छैनन्। त्यसैले घरमा आएका पाहुनादेखि ममीको पर्ससम्म उनको हात पुग्छ। खाजा खान दिएको पैसा जम्मा पारेर उनी फिल्म हल पुग्छिन्। कलेजको प्राक्टिकल त पापा-ममीसँग पैसा उम्काउने दह्रो बाहाना हो यो जनरेशनको।
क्यासपियन कलेजकी निकिताले रमाइलोका लागि साथीहरूसँग घुम्न जाने गरेपनि पढाईमा भने कुनै कम्प्रोमाईज गरेकी छैनन्। उनका ब्वाइफ्रेन्ड पनि त्यही कलेजमा पढ्छन्। त्यसैले कहाँ भेट्ने भन्ने समस्या उनलाई छैन्। कलेज जाँदा, आउँदा र कलेजमा पनि उनीहरू सँगै हुन्छन्। यो माया दिँगो हुनेमा निकिता विश्वस्त छैनन्। त्यसैले व्वाइफ्रेन्डकै लागि भनेर पैसा खर्च गर्ने पक्षमा उनी छैनन्। 'आफू त जति पायो लिने हो। खाजा खाने पैसा जम्मा पारेर काँ उनीहरूका लागि गिफ्ट किन्नु? मलाई यस्तो कुनै सौख छैन्।' आमा बुबालाई ठगठाग गरेको पैसा उनी आफ्नै लागि सपिङ गर्छिन्। टन्न पैसा कमाएर पसलै उठाउने गरी सपिङ्ग गर्ने उनको ठूलो धोको छ। 'साथीहरूले जस्तै फेरी फेरी लुगा लगाएर हिँड्न कहिले पाउने हो?' धेरैजसो समय यस्तै कल्पनामा डुबेकी हुन्छिन् उनी।
क्याम्पियन कलेजमै पढ्ने नम्रताले त आफ्ना ब्वाईफ्रेन्डलाई गिफ्ट दिन सानिमाको पर्स नै झ्याप हानेको बताउँछिन्। 'जन्म दिनमा त जसरी पनि गिफ्ट दिनै पर्‍यो। तर, पाँच दिन अघिमात्र थाहा भयो उसको वर्थ डे आउदैछ।' उनले सानिमाको पर्स झ्याप हान्नुको रहस्य खोलिन्, 'तीन दिन त टेन्सनै भयो नि, कहाँबाट पैसा ल्याउने, के गिफ्ट दिने भनेर।' तर, घरमा पाहुना लाग्न आएकी सानिमाले उनको टेन्सन भगाइ दिईन। कोठामा पर्स राखेर बाहिर गएको मौकामा उनले सानिमाको पर्स नै गायब पारेकी थिइन्। 'घरमा थाहा पाएको भए त बबालै हुन्थ्यो नि, धन्न कसैले थाहा पाएन।' पर्समा भएको दुई हजार रुपैयाँले साथीहरूसँग फिल्म हेर्न, व्वाईफ्रेन्डलाई गिफ्ट किन्न अनि रेस्टुरेन्टमा गएर पिज्जा खानसम्म पुगेको उनले बताइन्।
लिजाका लागि गएको तीनवर्षदेखि पैसाको कुनै पीरै छैन। टन्नै पैसा खर्च गर्ने भएकाले उनका साथी पनि कत्ति-कत्ति। 'ममी र मेरो सम्बन्ध भनेकै पैसाको हो', उनी निर्धक्क भन्छिन्। उनका बाबा पैसा कमाउन दुबइ गएको मौकामा ममीले परपुरुषसँग राखेको नाजायज सम्बन्ध थाहा पाएदेखि उनलाई निकै फाइदा भएको छ। 'बाबालाई पोल लाउछ भनेर ममीले मागेजति पैसा दिनुहुन्छ' उनले भनिन्। 'घरमा गयो कि जेलमा पसेजस्तो लाग्छ' उनी भन्छिन्, 'त्यसैले राति अबेरसम्म डान्सपार्टीमा हुन्छु। राती घरपुगेपछि आफ्नो कोठामा पस्छु। पैसा लिने बेलामा बाहेक अरु बेलामा आमा छोरीको भेटघाट र बोलचाल नै हुँदैन रे। कलेज ड्रेसमा नै डान्स पार्टीमा गएको बेला उनलाई एकपटक प्रहरीले पक्रिएको थियो। तर, कसको डर? ममीले घर लिएर गईन्। 'केही बोलेको भए मुखभरीको जबाफ तयार पारेको थिएँ' उनले भनिन्। चुरोट र बियर उनका लागि केही होइनन्। भन्छिन्, 'एकछिन भएपनि आनन्द आउछ। दुःखका विर्सिइन्छ।'

पश्चिममा परिवर्तन

दिनेश गौतम, नेपालगन्ज- समाज वदलिँदैछ। कतै विस्तारै त कतै छिटोछिटो। वर्षाैदेखि नेपालका सबभन्दा अविकसित क्षेत्रका रुपमा प्रचारमा आएको सुदूर र मध्यपश्चिमका युवाहरुलाई पनि परिवर्तनले गा"ज्न थालिसकेको छ। युवाहरुमा आफूलाई फरक देखाउने होडबाजी चलेको छ। आधुनिकताप्रतिको मोह पनि बढ्दो छ। डेटिङ कल्चरले प्रभाव जमाउदैछ। पहाडी तथा हिमाली जिल्लाबाट एसएलसी गरेपछि उच्च शिक्षाका लागि नेपालगन्ज आएका युवायुवतीहरु बिन्दास मुडमा देखिन्छन्। डेटिङमा जाँदा कसैले चिन्यो भने घरमा भन्दिन्छ कि भन्ने चिन्ता एकरत्ति छैन उनीहरुलाई। चिन्ता छ त कसरी डेटिङ खर्च जुटाउने!

ट्युसन फि, ल्याङ्वेज सिक्नजस्ता बहाना बनायो, घरबाट पैसा मगायो', मध्यपश्चिम क्याम्पसमा अध्ययनरत एक युवा भन्छन्, ‘घरबाट पैसा पठाइदिएको दिन त छोरो डेटिङ वा फिल्म हेर्न कुदिहाल्छ।'
नेपालगन्जका श्रृष्टि, बागेश्वरी र लक्ष्मी चलचित्रहलमा जाने, महेन्द्रपार्कमा घुम्ने वा महेन्द्रबहुमुखी क्याम्पसको परिसर जोडीहरुको डेटिङ गन्तब्य बनेको छ। बेरोजगार युवाहरुलाई बाइक नहुँदाको पीडाले पनि सताउँछ। तर, बाइकको अभावले प्रेमको बहाव रोकिएको छैन। साइकलको पछाडि राखेरै भएपनि गर्लफ्रेन्ड घुमाउने ठिटाहरु प्रशस्तै भेटिन्छन्।

बाईक भएका र पकेट मनि निकाल्न सक्ने युवाहरु गर्लफ्रेन्डलाई लिएर कोहलपुर, ढकेरीदेखि चिसापानी र बर्दिया राष्ट्रिय निकुञ्जसम्म पुग्छन्। कटेजमा बस्छन्। ‘नेपालगन्जमा त सबैले चिनेका छन्। गर्लफ्रेण्ड लिएर हिँडेको वा बसेको देख्यो भने त घरमा बबाल नै हुन्छ नि।' हालै पल्सर बाईक किनेका सिटी कलेज अफ म्यानेजमेन्टमा अध्ययनरत एकयुवक टाढा डेटिङ स्पट रोज्नुको कारण खुलाउँदै थप्छन्, ‘बाईकको किस्ता र गर्लफ्रेन्ड घुमाउने खर्च मेन्टेन गर्न च्यालेन्ज भइराछ।' गर्लफ्रेन्डको डे्रसअप, मोबाईल सेट र सिमकार्डको खर्चसमेत व्यहोर्नु पर्दा कतिपय युवा गर्लफ्रेन्ड बनाउनु सेत्तो हात्ति पाल्नुजत्तिकै गाह्रो भइरहेको बताउँछन्।
‘साथीहरुले सापट मागेर हैरान पार्छन्। कोहीले त फिल्म हेर्ने पैसा छैन। तैंले चिन्या होलास्, भन्दे न भन्छन्।' हिमाल एफएमका कार्यक्रम संयोजक विष्णु शाही आफ्ना बेरोजगार साथीहरुले दिएको हैरानी सुनाउछन्। ‘गर्लफ्रेन्ड नहुनेहरुलाई त क्लास बाहिरको ईन्भाईरोमेण्ट बोरिङ नै हुन्छ।' गोजीमा गाँठ र पल्सर बाईक भएपनि मनमा आँट नभएका २२ वर्षिया शाही मन पराएकी युवतीलाई प्रेम प्रस्ताव राख्न हिचकिचाईरहेका छन्। शाही लगायतका कतिपय युवाहरु करिअर राम्रो बनाउने लालसाले गर्दा गर्लफ्रेन्ड बनाईहाल्ने आँट नआएको बताउँछन्। उनीहरुको समान धारणा छ ‘ब्याचलर सकाएपछि र्ग्कफ्रेन्ड खोज्नुपर्ला।'
नेपालगन्जमा बाहिरबाट पढ्न आउनेहरुको बाहुल्यता छ। त्यसैल उनीहरुलाई कुनै बाल छैन। पढ्न बस्ने भनेर बावुआमाले खोजिदिएको डेरा नै डटिङको प्रमुखस्थल हो। गर्लफ्रेन्ड र ब्वाईफ्रेन्डको डेरामा गएर यौनको अनुभूति लिनेहरु पनि बग्रेल्ती भेटिन्छन्। ‘ आफ्नै डेरामा पनि उसलाइ बोलाउछु', सिटि कलेज अफ म्यानेजमेण्टमा बाह्र कक्षामा अध्यनरत किशोरी भन्छिन्, ‘घरबेटीले देखेर सोधिहालेमा दाई भने भईहाल्यो नि।'
बीस वर्ष नाघेका कतिपय युवतीहरु भरसक सानोतिनो रोजगारीमा लाग्ने र विवाहित पुरुषससँग भए पनि डेटिंगमा जाने गरेका छन्। ‘घरमा पत्नी र छोराछोरी छन्' एक गैरसरकारी संस्थाका कर्मचारी भन्छन्, ‘स्टाफहरु घर गए पछि गर्लफ्रेण्डलाई अफिसमै बोलाईन्छ।' उनका लागि अफिस नै डेटिङ स्पट भएको छ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out