देखाउन छोडेर लड्न थालिन् सोनिया

नायिका सोनिया केसी नेपाली सिनेमामा विशेषगरी ग्ल्यामर नायिकाको रुपमा चिनीन्छिन् । उनले अभिनय गरेको पहिलो चलचित्र सिलसिलामा नायक राज तिमील्सेनासँग सोनियाले खाएको किसको चर्चा धेरै नै भएको थियो । उनै नायिका सोनिया केसी यसपछि भने केही सिनेमामा देखिईन् जहाँ उनको भुमिका नायकसँग नाच्ने रह्यो । चलचित्र क्षेत्रमा उनको छवि सेक्सी नायिकाको रुपमा चिनीन्छ । अंगदर्शनको कुरामा पनि सोनिया खुलेरै अघि देखिन्छिन् ।
तर, उनै नायिका सोनियालाई भने निर्माता रिमेश अधिकारीले चलचित्र विरासतमा फरक भुमिका दिएका छन् । चलचित्रभित्र सोनियाको ग्ल्यामर भुमिका र कुनै चुम्वनको दृश्य हेर्न पाईदैन । चलचित्रको मुख्य कलाकार नै के.सी हुन्, निर्माता रिमेशले भने । यही चैत्र १७ गतेवाट रिलीजमा आउन लागेको चलचित्र विरासतमा सोनियाले थुप्रै द्धन्दका दृश्यहरु दिएकी छिन् ।

एउटा द्धन्दप्रधान सिनेमामा नायकले गर्ने जस्तो भुमिका नायिका सोनीया केसीले विरासतमा गरेको निर्माण पक्षको दावी छ । गोविन्द गौतमको निर्देशनमा तयार भएको चलचित्रमा उनका साथमा नायक भुवन केसी पनि देखिएका छन् । अन्य व्यानरको सिनेमा नखेल्ने नायक केसीले यो सिनेमा खेल्नु आफैमा पनि अचम्मको कुरा हो ।
भुवनलाई समेत यो सिनेमाभित्र नायिका केसीले नै वचाएकी छिन् । एउटा छोराले गर्न सक्ने काम एउटा छोरीले पनि गर्न सक्छिन्, भन्ने देखाउन खोजीएको छ, आफ्नो सिनेमाको वारेमा निर्माता रिमेश अधिकारीले भने । अव, ग्ल्यामर छविलाइ छोडेर द्धन्दको धार समातेकी सोनियालाई विरासतले वचाउँछ या वचाउँदैन यो त हेर्न वाँकी छ । तर, सोनियाले यो भुमिका पनि फापेन भने उनको सिनेमा करिअर नै धरापमा पर्ने पक्का छ । आखिर, देखाउँदा नभएको लडेर हुन्छ नै भन्ने कहा छ र, हैन त सोनीया जि ?

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out