दुबै हातको ब्लडप्रेसर नाप्नुपर्छ

सामान्यतया ब्लड प्रेसर नाप्दा एउटा पाखुरामा मात्र नाप्ने गरिन्छ । एउटा पाखुरामा रक्तचाप नापेपछि सोहीलाई आधार मानेर व्यक्तिको ब्लडप्रेसर ठीक भए नभएको टुंगो लगाइन्छ । तर विज्ञहरुले भने एउटा हातको मात्र नभै दुइवटै हातको ब्लडप्रेसर नापेर मात्र ब्लडप्रेसरको एकिन तथ्यांक थाहा पाउन सकिने बताएका छन् ।
बेलायतका शोधकर्ताहरुले यदि दुइ हातको ब्लडप्रेसरमा भारी असमानता भएमा यो असामयिक मृत्युको कारण बन्नसक्ने तथ्य पत्ता लगाएका हुन् । बि्रटिस हेल्थ फाउन्डेसनका शोधकर्ताहरुले गरेको अनुसन्धान अनुसार रक्तचापका बिरामीमा यदि दुइ पाखुराको रक्तचापका बीच ठूलो अन्तर भएमा त्यो हृदयरोगका लागि निकै खतरनाक हुन्छ ।

त्यसैले एउटा हातको ब्लडप्रेसर सामान्य हुँदाहुँदै पनि अर्को हातको कम वा बढी भएको अवस्थामा पनि त्यो खतरनाक हुने शोधकर्ता बताउँछन् । त्यसैले दुइ हातको रक्तचाप फरकफरक भएका व्यक्तिहरुको मुटुमा नकारात्मक असर पर्ने हुनाले उनीहरुले मुटुको स्वास्थ्यका विषयमा निरन्तर चेकजाँच गराइरहनुपर्ने विज्ञहरुको भनाइ छ ।

पछिल्लो शोध सामान्य व्यक्तिहरुका लागि मात्र नभै चिकित्सकहरुका लागि समेत महत्वपूर्ण सन्देश भएकेा र अब चिकित्सकहरुले विरामीको ब्लडप्रेसर जाँच गर्दा दुबै हातको जाँच्नुपर्ने अनुसन्धान टोलीका प्रमुख एक्स्टर विश्वविद्यालयका डाक्टर क्लार्क बताउँछन् । दुइ हातको ब्लडप्रेसरमा ठूलो अन्तर भएका मानिसहरुले अकाल मृत्युको खतरा घटाउन धूमपान त्याग्नुपर्ने, तथा उच्च वा कम रक्तचापको उपचार गर्नुपर्ने सल्लाह चिकित्सकहरुले दिएका छन् । श्रोत ः एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out