निरोगी रहने टिप्स

 नीमको दतिवन गरौं

नीमले दाँत माझ्ने परम्परा प्राचीन हो । यस्ता परम्पराहरूमा वैज्ञानिकता हुन्छ । हाम्रा ऋषिमुनिहरूले कटु द्रव्ययुक्त वस्तुले दतिवन गर्दा राम्रो हुन्छ र त्यसमा नीम सर्वोत्तम रहेको बताएका छन् । नीमको दतिवनबाट दाँतमा कीरा मर्छन् । दतिवन गर्दा नीमको रस हाम्रो पेटमा पनि पुग्छ र त्यसले अरू बिमारी समेत निको हुन्छ । हामीले दिनहुँ एउटै ब्रसले दाँत माझ्दा त्यसमा ब्याक्टेरिया र भाइरस जम्मा हुन्छन्, जसबाट धेरै रोग लाग्ने सम्भावना हुन्छ । ब्याक्टेरिया र भाइरसले रोग ननिम्त्याऊन् भन्न ब्रसलाई दिनहुँ तातोपानीले धुनु अत्यावश्यक छ ।
तर दतिवन गर्दा हामी हरेक दिन स्वच्छ दतिवन प्रयोग गछौर्ं । त्यसैले रोग लाग्न पाउँदैन । नीमको दतिवनले गिजाको स्याहार गर्छ । पेटलाई पनि लाभ पुर्‍याउँछ ।

तामाको भाँडाको पानी खाऔं

पुरानो जमानामा मानिसहरू राति सुत्दा सिरानी नजिक तामाको भाँडोमा पानी राख्ने गर्थे । बिहान त्यो पानि खान्थे । सिरानीछेउ तामाको भाँडोमा पानी राख्दा शरीरले सकारात्मक ऊर्जा (पोजिटिभ एनर्जी) भेट्छ । नराम्रो सपना देखिँदैन । बिहान त्यो पानी खाँदा शरीरको ब्याक्टेरिया खतम हुन्छ, 'मोसन' ठीक हुन्छ । आधुनिक विज्ञानले पनि तामाका भाँडामा राखेका खाने-पिउने कुरामा जीवाणुले आक्रमण गर्न नसक्ने र भएका जीवाणु पनि नष्ट हुने तथ्य स्वीकार गरिसकेको छ । अचेलका मानिसहरू प्लास्टिकको बट्टामा पानी राख्छन्, राति ढिलो सुत्छन्, बिहान ढिलोसम्म सुत्छन् । त्यसैले शरीरको 'मोसन' ठीक हुँदैन र रोगव्याधिले आक्रमण गर्छन् ।

डिप फ्राई गरिएका वस्तु नखाऔं

अचेल क्यान्सरको महामारी जस्तै छ । यसको एउटा प्रमुख कारण डिप फ्राई गरिएका खाने कुरा खानु हो । बारम्बार एउटै तेलमा धेरै थोकलाई तारेर खाने गर्दा पनि क्यान्सर बढिरहेको छ । त्यसैले घरबाहिर तारेका, भुटेका चीजबीज खानबाट जोगिनुपर्छ । नत्र यस्ता हानिकारक खानेकुराबाट धेरै रोग लाग्ने सम्भावना हुन्छ ।

चिराइतो खाएर रगत शुद्ध राखौं

गाउँघरमा वर्षमा एक पटक चिराइतो सेवनको परम्परा अद्यापि छ । यो अभ्यास धेरै प्रभावकारी छ । चिराइतो खाँदा रगत शुद्घ रहन्छ । रोगव्याधि लाग्नुको कारण रगत अशुद्ध रहनु हो । रक्त शुद्धीकरणका लागि नीम पनि खान सकिन्छ । यस्ता प्रभावकारी पदार्थहरूको उपयोग नियमित रूपमा गर्नुपर्छ ।

हत्तपत्त औषधि नखाऔं

हामीले रोगी नहुने प्रयत्न गर्नुपर्छ । कथंकदाचित् बिमारी भइहाले पनि त्यसलाई सुरुमा प्राकृतिक रूपले नै निको पार्ने कोसिस गर्नुपर्छ । एक छिन टाउको दुख्दैमा, रूघा वा खोकी लाग्दैमा तुरुन्त एलोप्याथिक औषधि खान हतार गर्नु हुन्न । यस्ता रोगले लामो समय दुःख दिँदैनन् । तर यिनलाई निको पार्न सेवन गरिने औषधिले भोलिका दिनमा क्यान्सर लाग्न सक्छ, कलेजो क्षतिग्रस्त हुन सक्छ वा त्यसमा सिरोसिस हुन सक्छ, मृगौला काम गर्न छोड्न सक्छ । त्यसैले केही सामान्य रोग, भाइरल वा ब्याक्टेरियल इन्फेक्सनलाई एउटा सीमासम्म सहन गर्ने बानी बसाल्नुपर्छ । त्यस्ता झिनामसिना रोगले शरीरको विषाक्तता/टक्सिन निकाल्छन् । त्यस्ता पदार्थ निस्कँदा हाम्रो शरीरभित्रको प्रणाली चंगा हुन्छ । जीवाणु संक्रमणका १२/१३ सय प्रजाति हुन्छन् । सबैको औषधि बनेको छैन, बन्न सक्दैन पनि । औषधि खाए चार/पाँच दिनमा निको हुन्छ,  नखाए पनि चार दिनमा निको हुन्छ । अनि औषधि किन खाने ? यस्ता साना बिमारी लाग्दा पर्याप्त तातो पानी खाऔं, खानामा परहेज गरौं, घरमै आराम गर्ने गरौं ।

दिनहुँ बीस मिनेट योग गरौं प्राणायाम वा योगासन गर्न समय नभएकाहरूलाई शौच गर्न आधा घन्टा वा बीस मिनेट लाग्छ । तर दिनहुँ बीस मिनेट प्राणायाम गर्ने व्यक्तिलाई शौच गर्न दुई/तीन मिनेट मात्रै लाग्छ । यसैले नियमित रूपमा प्राणायाम वा योगासन गरेर हामीले समयको वचत गर्न सक्छौं । त्यस्तै, कुनै निर्णय लिन तपाईंलाई घन्टौं लागिरहेको हुन सक्छ । वा, त्यति समयमा पनि निर्णय लिन नसकिरहनुभएको हुन सक्छ । तर नियमित रूपमा प्राणायाम वा आसन गर्दा चाँडो टुंगोमा पुग्ने क्षमता विकास हुन्छ । यसबाट पनि समयको बचत हुन्छ । प्राणयाम वा आसन गर्न केही समय लाग्छ, त्यसलाई समयको दुरुपयोग सोच्नु हुन्न । यो जीवनभरिका लागि उपयोगी हुन्छ ।
 स्रोतः वैद्यराज आचार्य बालकृष्ण, दिव्य योग मन्दिर, हरिद्वार, भारत

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out