नफर्कने गरी अघि बढे वैद्य

काठमाडौं । प्रचण्ड–बाबुरामले राष्ट्रघाती मार्ग अवलम्बन गरेको भन्दै नेकपा माओवादीको मोहन वैद्य पक्षले चैत १५ गतेपछि प्रधानमन्त्री बाबुराम भट्टराई र अध्यक्ष प्रचण्डविरुद्ध भण्डाफोर अभियान सुरु गर्ने भएको छ। बाबुराम भट्टराई राष्ट्रघाती–जनघाती भएको र प्रचण्ड अविश्वसनीय एवम् अवसरवादी भएको ठहर गर्दै वैद्य पक्ष 'अब सँगै जान नसकिने' निष्कर्षमा पुगेको छ। त्यसैले चैत पन्ध्र गतेपछि प्रचण्ड–बाबुरामविरुद्ध भित्तेलेखन, कोणसभा, पर्चा–पोस्टरिङ गर्ने तयारी भइरहेको छ। प्रचारात्मकबाहेक सडक–सङ्घर्षका कार्यक्रम पनि बनाइने भएको छ। सडक–सङ्घर्षको साथसाथै बाबुराम भट्टराईलाई पदमुक्त गर्न संसदीय तथा राजनीतिक पहल पनि वैद्य पक्षद्वारा सुरु गरिने भएको छ। काङ्गे्रस र एमाले तयार भएमा बाबुरामलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउने सोच उनीहरूले बनाएका छन्। माओवादी संसदीय दलमा हाल वैद्य पक्षका छयासी (८६) सभासद् नियमित सम्पर्कमा रहेका र उक्त सङ्ख्या एक सय दश (११०) सम्म पुग्न सक्ने विश्वास गरिएको छ।
वैद्यको खेमामा कम्तीमा उनन्चालीसजना प्रत्यक्ष निर्वाचित सभासद् रहेको बताइन्छ। उता संसदीय बोर्डमा भने किरण पक्ष बहुमतमा भएको जानकारी प्राप्त भएको छ। बाबुराम भट्टराई इञ्चार्ज रहनुभएको एघार संसदीय बोर्डमा ६ सदस्य किरणको समर्थनमा छन्। सरकार हटाउन आवश्यक परे काङ्गे्रस–एमालेसँग समझदारी गरेर या नगरीकन पनि अविश्वासको प्रस्ताव ल्याउनेसम्मको सोच वैद्य पक्षले बनाएको छ। काङ्गे्रस–एमाले अविश्वास प्रस्तावको पक्षमा नआए आफूहरूले मात्र अविश्वास प्रस्ताव ल्याउँदा पनि बाबुराम भट्टराईमाथि नैतिक दबाब पर्ने र उहाँले पद त्याग गर्नुपर्ने अवस्था आउने ठहर वैद्य पक्षको छ। सडकमा 'राष्ट्रघाती–जनघाती सरकार राजीनामा दे' भन्दै प्रचारात्मक आन्दोलन गर्ने र सदनमा अविश्वासको प्रस्ताव ल्याइँदा दबाबमा परेर बाबुरामले राजीनामा दिनसक्ने विश्वास उनीहरूले गरेका छन्। यसरी प्रचण्ड–बाबुरामविरुद्ध सङ्घर्षमा उत्रिँदा पार्टी विभाजन हुन्छ भने त्यसका लागि पनि वैद्य पक्ष मानसिक तथा भौतिक रूपमा तयार भएको देखिन्छ। उनीहरूले आवश्यक परे बेग्लै संसदीय दल गठन गर्ने र त्यसको नेता महासचिव रामबहादुर थापा बादललाई बनाउने योजना बनाएको बुझिएको छ।

बादललाई मुख्य हर्ताकर्ताका रूपमा अघि सारिने सुइँको पाएर हुनसक्छ प्रचण्डले आफ्ना निकटवर्ती तथा विदेशी मित्रहरूसँगको भेटवार्ताका क्रममा पनि बादलको खिल्ली उडाउने गर्दै आउनुभएको छ। बादलको चारित्रिक सन्दर्भ जोडेर प्रचण्डले 'यस्ताहरूले क्रान्ति गर्ने!' भन्दै खिल्ली उडाउने गर्नुभएको जानकारी सम्बद्ध पक्षले दिएको छ। वैद्य पक्षले भने बाबुरामलाई पदमुक्त गर्ने अभियानसँगै प्रचण्डसँग पार्टीको हिसाब माग्ने र त्यसनिम्ति दबाब सिर्जना गर्ने योजना पनि बनाएको छ। प्रचण्डले कम्तीमा पाँच अर्ब रुपैयाँ हिनामिना गरेको आरोप वैद्य खेमाले लगाएको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out