‘हिरोईन’को लागि पार्टीमा क्यामेरा लुकाएर लगे रोजले

निर्माता रोज राणा बिभिन्न कारणले चर्चामा आइरहन्छन् । कहिले युवती कान्डले त कहिले प्रहरीको खोरमा परेको घटनाले । निर्माता भएर पनि बारम्बार चर्चामा आउने एक व्यक्ति हुन्, निर्माता रोज राणा । यिनै रोज राणाले फेरि अर्को कान्ड मच्चाएका छन् । चलचित्र ‘ग्याङस्टार’ बनाउने सोच बनाउँदा बनाउँदै एक्कासी परिवर्तन गररे रोजले चलचित्र ‘हिरोईन’ बनाउने तयारी गरेका थिए । चलचित्र ‘हिरोईन’ बनाउने तयारी गरेका रोजले कथावस्तुका आधारमा दृश्य खोज्दै हिँडेका थिए । उनका लागि चलचित्र लुटले मनाएको ५१ दिनको पार्टी बिशेष बनिदियो ।

चलचित्रको लागि आवश्यक पर्ने केही दृश्यहरु कैद गर्नका लागि रोजले क्यामेरा लगेको र पार्टीमा भएका बिभिन्न गतिबिधि छायांकन गरेको खुलासा भएको छ । ‘हिरोईन’ सिनेमाभित्र एक नायिका हिट भएपछि दिईने पार्टीको दृश्य छ । रोजलाई यो दृश्य छायांकनका लागि केही लाख रुपैंया खर्च गर्नुपर्ने पक्का थियो । तर उनले लुटको ५१ दिनको पार्टीमा सुटुक्क क्यामेरा छिराएर दृश्यहरु कैद गरे ।

यसबाट उनले एउटा भव्य दृश्य कैद गर्नुपर्ने झन्झट त गुमाएका छन् नै । केही लाख रकम पनि बचाएका छन् । रोजले आफूले चाहेअनुसारको दृश्य पाएको प्रतिक्रिया दिएका छन् । चलचित्र ‘हिरोईन’का लागि निर्माता रोजले नायिकाको खोजी गरिरहेका छन्, तर अझै पनि भेट्टाएका छैनन् । जे भएपनि सिनेमा क्षेत्रमा बाठा निर्माताको रुपमा चिनिएका रोजले लुट सिनेमाको पार्टीलाई मझैले सदुपयोग गरेका छन् । हेरौं अब यो घटनालाई लुट सिनेमाका निर्माता र कलाकारहरुले भने कसरी लिने हुन् ?

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out