प्रशासनमा माओवादीको आतंक

काठमाडौं, फागुन २७ । माओवादीका कारण देशको स्थायी सरकार मानिने प्रशासनमा फेरि एकपटक आतंक मच्चिएको छ। माओवादीको तीव्र हस्तक्षेपका कारण अहिले प्रशासनमा भाँडभैलो मच्चिएको हो।
जसकारण कर्मचारीको सरुवा बढुवालगायत काम गर्ने सामान्य प्रशासन मन्त्रालय नै यतिखेर लथालिंग अवस्थामा छ। मन्त्री रामप्रसाद यादवले आफ्नो गल्ती ढाँकछोप गर्न कर्मचारीमाथि रिस फेरिरहेका छन्। मन्त्रालयका सचिव, सहसचिव सबैलाईलाई सरुवा प्रकरणमा सरुवा गरेका छन्।
लाखौं रुपैयाँ उठाएर गरिएको सरुवा रद्द गर्नुपर्ने भएपछि कमिसन गुम्ने भएकाले उनी आक्रोशित बनेका हुन्। हुन त मन्त्री र सचिवबीचको झगडा नेपालको प्रशासनमा नौलो कुरा होइन।
कतिसम्म भने सामान्यप्रशासनमन्त्री  यादबले रोजेर नै सरुवा भएका सचिव तिलकराम शर्मालाई एक महिना पनि बस्न नदिई सरुवा गरिदिए। मन्त्री–सचिव झगडाको यो एउटा पछिल्लो उदारण मात्र हो।
आफैंले रोजेका सचिवहरु हुँदा पनि अधिकांश मन्त्रालयमा यस्तो झगडा भइरहन्छ। तर अर्थ मन्त्रालयमा भने यतिखेर सचिव मन्त्री भएका छन् भने मन्त्रीको भूमिका राज्यमन्त्रीको छ।
त्यस्तै गुनासो शिक्षा मन्त्रालयका सचिव किशोर थापाले पनि केही दिनअघि साटेका थिए। मन नलागी नलागी पनि आफूले मन्त्रीका आदेशहरु मान्नु परेको उनको गुनासो थियो। शिक्षामन्त्रीमा माओवादीका दिनानाथ शर्मा छन्। उनले आफ्नै छोरीलाई सम्पर्क व्यक्तिका रुपमा नियुक्त गरेर उनले मोटो रकम उठाइरहेको स्राेत बताउँछ। माओवादी हस्तक्षेपका अन्य थुप्र उदाहरण छन्।
मन्त्री र सचिवको स्वार्थकै कारण सचिवहरुको हेरफेर भइरहने गरेको छ। जस्तो कि उर्जा मन्त्रालयमा राम्रो काम गरेका सचिव बालानन्द पौडेललाई महिला मन्त्रालयमा सरुवा गरियो। माओावादीका मन्त्री पोष्टबहादुर बोगटीले पौडेललाई हटाएका हुन्।
अर्थमा जस्तै माओवादीले सम्हालेको स्थानीय विकास मन्त्रालया भने खाने कुरामा दुवै जना एक भएकाले मन्त्री टोपबहादुर रायमाझि र सचिव शीतलबाबु रेग्मीबीच दोस्ती छ। तर अर्थ मन्त्रालयमा भने अहिले छुट्टै माहोल छ। देशको अर्थतन्त्रको विषयमा केही नबुझेका र कमाउने धन्दामा मात्र चतुर माओवादी नेता वर्षमान पुनलाई अर्थमन्त्री बनाएका कारण मन्त्रालयका कर्मचारीले उनलाई घुमाउने गरेका छन्। खासगरी अहिले अर्थ मन्त्रालयमा मन्त्रीको ठाउँ सचिव कृष्णहरि बाँस्कोटाले लिएको अर्थ मन्त्रालयमात्र होइन प्रधानमन्त्रीको कार्यालयमा पनि हुने गरेको छ।
मन्त्रालयका कुनै पनि सानो कुरामा समेत आफूले नबुझेर मन्त्री पुनले सचिव बाँस्कोटालाई सोध्ने गरेका छन्। त्यसकारण मन्त्री पुन अहिले राज्यमन्त्रीको हैसियतमा छन् भने सचिव बाँस्कोटा भने मन्त्रीको हैसियतमा। 'देश अर्थतन्त्रका सामान्य कुरा समेत मन्त्रीज्यूलाई थाहा हँुदैन,' मन्त्रालयका एक अधिकारीले भने,'त्यसकारण सचिवज्यूले मन्त्रीज्यूलाई आफ्नो स्वार्थअनुसार कुनै विषयको ब्रिफिङ गर्छन्।'
स्रोतका अनुसार कुनै विषयमा भाषण गर्न जाँदा पनि उनले सचिव बाँस्कोटाले भनेका कुरा बाहेक केही गर्न सक्दैनन्। हुन त मन्त्रालयमा आर्थिक सल्लाहकार भएपनि पुनका सचिवालयका उनका सहयोगी कोही पनि अर्थतन्त्रको विषयमा जानकार छैनन्। त्यहीकारण पनि कतिपय कर्मचारीले त पुनलाई जोकरमा रुपमा समेत लिने गरेका छन्।
व्यक्तिअनुसार व्यवहार गर्न सक्ने चतुर भएकाले सचिव बाँस्कोटाले पुनलाई खुशी बनाउन सफल भएका छन्। प्रशासनमा आफुलाई निकै राम्रो भनेर प्रचार गर्ने तथा भित्रि रुपमा घुस्याहा व्यक्तिका रुपमा उनलाई धेरैले चिन्छन्। पैसाको मामिलामा
पुनसँग उनको स्वाभाव मिल्ने भएकाले गठबन्धक टिकेको बताइन्छ।
त्यही कारण करोडौं भ्याट छली गर्नेहरुलाई पनि हालसम्म कारबाही हुन सकेको छैन। अर्थ मन्त्रालयका तत्कालिन सचिव रामेश्वर खनालले भ्याट छली गर्ने ब्यापारीहरुलाई दृढ भएर कारबाही गर्न खोज्दा त्यसबेला राजश्व सचिव रहेका बाँस्कोटा भने व्यापारीको पक्षमा उभिएका थिए। त्यहीकारण केही ठुला घरानाले उनलाई अर्थ मन्त्रालयको प्रमुख सचिव बनाउन लगानी गरेका थिए। त्यसैको प्रतिफलस्वरुप उनी हालसम्म अर्थमा टिक्न सफल भएका छन्।
कमाउने मामिलामा अर्थ मन्त्रालयमा मन्त्री र सचिवको कुरा मिलेपनि कतिपय मन्त्रालयमा भने मन्त्री सचिवको सम्बन्ध निकै तिक्ततापूर्ण सम्बन्ध छ।  केही दिनअघि जलस्राेत मन्त्रालयकी सचिव बिन्द्रा हाडाको भनाइले पनि त्यस कुरालाई पुष्टि गर्छ। उनले सचिवहरुको बैठकमा भनेकी थिइन्, 'फेरि ट्रष्टको कार्यालय जानु छ र मन्त्रीको आदेश नमान्नलाई?' उनको यो भनाइले पनि अहिले सचिवहरु कसरी निरीह भएर काम गरिरहेका छन् भन्ने प्रष्ट हुन्छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out