अँगालो मार्न मानेनन् आर्यन र रेखाले - सम्बन्ध सुध्रने संकेत

नायक आर्यन सिग्देल र नायिका रेखा थापाबीच भित्रभित्रै द्वन्द्व छ भन्ने त सबैलाई थाहा नै छ । उनीहरुबीचको सम्वन्ध कतिसम्म बिगि्रएको रहेछ भन्ने कुरा बिहीबार राजधानीमा भएको एक कार्यक्रममा छर्लङ्ग देखिएको छ । फिल्मी खबर साप्ताहिकले गरेको कार्यक्रममा अरु कलाकारसँगै रेखा र आर्यन पनि पुगेका थिए । कार्यक्रममा यो वर्षको फिल्मीखवर अभिनेता र अभिनेत्रीको पुरस्कार प्रदान गरिएको थियो ।
सबैभन्दा पहिला सर्वोत्कृष्ट अभिनेत्रीको रुपमा नायिका रेखा थापालाई बोलाईयो । यसपछि पालो आयो नायक आर्यनको । उनलाई सर्वोत्कृष्ट अभिनेताको पुरस्कारका लागि बोलाइएको थियो । स्टेजमा पुगेका नायक आर्यन सिग्देलले सबैसँग हात मिलाए । तर नायिका रेखालाई भने उनले हात मिलाउनु त परै जाओस्, राम्रोसँग पनि हेरेनन् । यसबाटै थाहा हुन्थ्यो उनीहरुको सम्बन्ध । उनीहरुको यस्तो हर्कत देखेपछि कार्यक्रम सञ्चालक नरेश भट्टराईले शितयुद्ध नराख्न आग्रह गर्दै आजैबाट बिगि्रएको सम्बन्ध सुधार्न आग्रह गरे ।
तर आर्यन र रेखाको पाईला चलेन । दुबै जनालाई हलमा उपस्थित भएका सबैले आग्रह गर्दा पनि अंगालो मार्न त परै जाओस् हात मिलाउन पनि तयार भएनन् । रेखा र आर्यनबीचको शितयुद्ध कतिसम्म रहेछ भन्ने कुरा यहाँबाट थाहा भयो । उत्कृष्ट नायक तथा नायिका हुँदा पनि आर्यन र रेखाले आफूहरुबीच रहेको मनमुटाव फुकाउन सकेनन् । यसपछि कार्यक्रम संचालकले अंगालो नमारेपनि हात मिलाउन आग्रह गरे । उनीहरुले बल्ल बल्ल मन नलागी नलागी हात मिलाए जस्तो गरे । अनि दुवैजना दर्शकदिर्घामा फर्किए ।
दुईजनाको मनमुटाव खुबै रहेछ भन्ने चर्चा चलिरहँदा कार्यक्रममा रेखालाई बोल्न आग्रह गरियो । स्टेजमा पुगेकी रेखाले आर्यन र आफ्नो मनमुटावको बारेमा बोल्दै भनिन् -’आर्यनसँग मेरो कुनै पनि दुश्मनी छैन । हामी एकै घरपरिवारको सदस्य हौं । आर्यनलाई मैले जन्माएको होइन । आर्यन र मलाई छवि ओझाले जन्माएको हो । यसैले आर्यन उसको सम्पत्ति हो । आर्यनको अभिनयको म फ्यान हो । हामीबीच कुनै पनि तिक्तता छैन । हाम्रो सिनेमा नआएकाले पनि यस्तो खवर आएको हुनसक्छ । कतिले मलाई आर्यनसँगको दुश्मनी बढाउन सविनलाई सिनेमामा लिएको भन्छन् । तर आर्यनलाई चिढ्याउन मैले त्यस्तो गरेको होइन । एउटै परिवारमा बसेपछि, कहिलेकाहीँ यस्तो हुन्छ नै । हामी दुवै सन्तान धेरै पुलपुलियौं होला, यसैले पनि कहिलेकाहीँ खटपट आउँछ । तर आर्यन र मबीच कुनै दुश्मनी र मनमुटाव छैन ।‘
रेखाले यसो भनेपछि आर्यनले पनि उनको कुरामा सहमति जनाउँदै टाउको हल्लाएका थिए । यसरी नायिका रेखा थापाले आर्यनसँगको आफ्नो सम्बन्धलाई सुमधुर बनाउन अनौपचारिक रुपमा प्रस्ताव गरेकी छिन् । अब उनको यो प्रस्तावलाई आर्यनले कसरी लिने हुन्, यो भने हेर्न नै बाँकी छ । तर, पनि दुई चलेका कलाकारबीच सम्वन्धमा खाटो आउँदा यसको घाटा सिनेमा क्षेत्रलाई नै हो । पछिल्लोपटक आर्यन र रेखाले ‘कसले चोर्यो मेरो मन’मा अभिनय गरेका थिए । तर यसपछि भने यि दुई कलाकारले कुनै पनि सिनेमामा अभिनय गरेका छैनन् । आशा गरौं पुलपुलिएर मात्तिएका यि दुई कलाकारबीचको सम्बन्धमा सुधार आउनेछ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out