सहाना अब ‘कलिउड’ हिरोइन

भिजे तथा मोडल सहाना बज्राचार्य अब र्‍याम्प र काँचको पर्दामा मात्र सीमित हुने छैनन् । यी गर्जियस लेडीलाई अब सिल्भर स्क्रिनमा रोमान्स गरिरहेको देख्न पाइनेछ । त्यो पनि हिरोइन पात्रको भूमिकामा । अपकमिङ प्रोजेक्ट ‘कलिउड’बाट मिस नेपाल फस्ट रनरअपले लिड एक्ट्रेसको रुपमा सिनेमा डेब्यु गर्दैछिन् । नेपाली सिनेमालाई बोलाइने नाम ‘कलिउड’मा भिजे तथा अभिनेता नवराज आचार्य फस्ट टाइम डिरेक्टर हुनेछन् ।

‘नेपाली अभिनेत्रीहरूको संघर्ष र उतारचढावबारे सिनेमा केन्द्रित हुनेछ’ आचार्यले मेरोसिनेमालाई भने, ‘तर, कुनै व्यक्तिविशेषको कथा र बायोपिक चाहिँ होइन ।’ बलिउडको ‘डर्टि पिक्चर’, दिवंगत अभिनेत्री श्रीशा कार्की र अभिनेत्री मनिषा कोइरालाको जीवनीबाट सिनेमा प्रभावित नहुने उनले दावी गरे । सहानाको अपोजिट को–एक्टरको चाहिँ खोजी भैरहेको छ । आचार्य र प्रदीप बाँस्तोला मिलेर कथा लेखेका हुन् । ४५ लाखको बजेटमा बन्ने सिनेमाका निर्माता गैरआवसिय नेपाली कुमार खड्का हुन् ।

नेपाली सिनेमाका कतिपय प्रोड्युसर र डिरेक्टरले नेपाली हिरोइनमाथि सिनेमा बनाउने घोषणा गरिरहँदा आचार्यले यस्तो घोषणा गरेका हुन् । उनले टेलिफिल्म ‘घरभेटी बा’ निर्देशन गर्दै आइरहेका छन् । मोडल टन्र्ज एक्ट्रेस सहाना पछिल्लो समय म्युजिक भिडियो, टेलिभिजन सो होस्टिङ र छोटा चलचित्र निर्माणमा व्यस्त छिन् । सहाना हिरोइन बन्ने गाइगुइँ अघिदेखि चलेको हो तर, ‘कलिउड’ले उनलाई हिरोइनको रुपमा पाएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out