उमेर चढ्दा निद्रा बढ्छ

मान्छे जति बुढो हुँदै गयो निद्रा घट्दैजान्छ र बुढो मान्छे उमेरकै कारण अनिद्राको रोगी हुन्छ भन्ने आम मान्यता छ । तर अमेरिकी शोधकर्ताहरुले हालै गरेको अध्ययनले उमेर बढ्दै जाँदा निद्रा घट्छ भन्ने मान्यता गलत रहेको प्रमाणित गर्दै उमेर बढ्दा निद्रा झनै गहिरो बन्दै जाने तथ्य पत्ता लगाएका छन् ।
स्लिप जर्नलमा छापिएको अध्ययन प्रतिवेदन अनुसार उमेर चढ्दै जाँदा सुत्ने समय घटेपनि निद्राको गुणस्तर वा गहिराइ बढ्दै जान्छ । अध्ययनका क्रममा शोधकर्ताहरुले १ लाख ५० हजार प्रौढ तथा वृद्धवृद्धासँग टेलिफोनमा कुराकानी गरेका थिए । त्यसक्रममा ८० वर्ष पुगेकाहरुले आफु अहिलेको उमेरमा जिन्दगीमा सबैभन्दा राम्रोसँग निदाउने गरेको बताएका थिए ।
बुढो हुँदैजाँदा निद्रा घट्छ भन्ने मान्यता झुटो रहेको र बुढाबुढीहरुलाई कम निद्रा पर्नुको कारण उनीहरुको उमेर नभै अरु स्वास्थ्य समस्या रहेको विज्ञहरुको ठम्याई छ । अध्ययनका क्रममा अर्को नयाँ तथ्य के फेला परेको छ भने ४०-४५ वर्षको उमेरमा मान्छेको निद्रा सबैभन्दा कम हुन्छ । ४५ काटेपछि निद्राको दर र गहिराइ बढदै जान्छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out