फुट्यो माओवादी - घोषणा नगर्ने, तर प्रचण्ड–बबुरामसँग पनि नबस्ने

काठमाडौं । संविधानसभाको निर्वाचनपछि मुलुकको सबैभन्दा ठूलो पार्टीका रूपमा स्थापित भएको एकीकृत नेकपा माओवादी विभाजित भएको छ। तर वैधानिक एवं कानुनी प्रक्रिया बाँकी रहेका कारण विभाजनको आकार तथा औपचारिक घोषणा भने दुवै पक्षले थाती राखेका छन्। 
मोहन वैद्य 'किरण' समूहले पोलिटब्युरो सदस्य सीपी गजुरेलको संयोजकत्वमा संयुक्त राष्ट्रिय जनसंघर्ष समिति गठन गर्दै सोही नाममा शनिबार दिउँसो लाजिम्पाटस्थित होटल रेडिसनमा पत्रकार सम्मेलन गर्योत। २०५२ फागुन २ गते जनयुद्धमा जानु अगाडि जे जे माग राखिएको थियो, जनसंघर्ष समितिले लगभग तिनै मागहरू समावेश गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
तर पार्टी विभाजनको औपचारिक घोषणा संस्थापन पक्षका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' द्वारा हुन्छ या संयुक्त राष्ट्रिय जनसंघर्ष समितिका संयोजक सीपी गजुरेलद्वारा हुन्छ? स्पष्ट मार्गचित्र बाहिर आइसकेको छैन। 

जनसंघर्ष समितिद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनलाई नै पार्टी विभाजनको औपचारिक घोषणा मान्न सकिने ठहर एकथरी वाम विश्लेषकहरूको छ। तर अर्काथरीका अनुसार जनसंघर्ष समितिमा आबद्ध हुनेहरूलाई संस्थापन पक्षले कारबाहीको घोषणा नगरेसम्म वा संस्थापन पक्षमा रहनेहरूलाई जनसंघर्ष समितिले कारबाही गरेको घोषणा नगरेसम्म माओवादी पार्टी औपचारिक रूपमा विभाजित भएको मान्न सकिन्न्न। मुलुकमा विद्यमान संविधान र कानुनअनुसार भने संसद् सचिवालय वा निर्वाचन आयोगमा दर्ता भएपछि मात्रै पार्टी विभाजनले औपचारिकता पाउनेछ। तर वैद्य समूह भने संसद् सचिवालय वा निर्वाचन आयोगमा छुट्टै पार्टी दर्ता गर्ने मनस्थितिमा छैन। जनसंघर्ष समितिका एक नेताले भने, 'हामी निर्वाचन आयोगमा पार्टी दर्ता गरेर जनयुद्धमा होमिएका थिएनौं, अब जनसंघर्षमा होमिनका लागि पनि पार्टी दर्ता गर्नुपर्छ भन्ने हामीलाई लाग्दैन, हामी नै नेकपा माओवादी र मुलुकको समग्र कम्युनिस्ट आन्दोलनको मूलधार हौं।'

मोहन वैद्य र सीपी गजुरेल भारतीय जेलमा रहेका बेला डा.बाबुराम भट्टराईको मार्गचित्रअनुसार जनवादी गणतन्त्रको लाइनलाई परित्याग गरी १२ बुादे दिल्ली सम्झौतामार्फत माओवादीले लोकतान्त्रिक गणतन्त्रको लाइन प्रारम्भ गर्दा नै धेरै वाम विशलेषकहरूले सम्भावित विभाजनको खतरा औंल्याएका थिए। उनीहरूको विश्लेषण थियो–'किरण र गजुरेल जेलमुक्त भएपछि माओवादी पुनः जनवादी गणतन्त्रको लाइनमा जाने छ, नभए विभाजन हुनेछ।' नभन्दै पार्टीले विभाजनको बाटो रोज्यो। तर आपसी प्रतिस्पर्धी डा.भट्टराई र प्रचण्ड एक ठाउामा तथा मोहन वैद्य र सीपी गजुरेल एक ठाउँमा देखिए। पार्टीभित्र वैद्य र गजुरेलको प्रतिस्पर्धा सेक्टरकाण्ड भन्दा पनि पुरानो हो। सेक्टरकाण्डमा तत्कालीन महासचिव वैद्यको पद धरापमा परेपछि पार्टीभित्रको ठूलो पंक्तिले गजुरेललाई महासचिवका लागि प्रस्ताव गर्योम। वरिष्ठता एवं निरन्तरताका हिसाबले गजुरेल नै महासचिवका वास्तविक उत्तराधिकारी थिए। तर वैद्यले गजुरेलको सट्टा प्रचण्डलाई अघि बढाए। त्यसबेलादेखि नै लगातार प्रचण्डको एकछत्र नेतृत्वमा माओवादी अगाडि बढिरहेको छ। गजुरेल भने पछाडि परेको परै थिए। 

अहिले २४ वर्षपछि वैद्यकै प्रस्तावमा गजुरेल पार्टी अध्यक्ष (संयोजक) भएका छन्। वैद्य भने फेरि पनि वरिष्ठ नेता वा संरक्षकका रूपमा रहन राजी देखिएका छन्। पार्टी उपाध्यक्षमा देव गुरुङ र पम्फा भुसाल, महासचिवमा रामबहादुर थापा एवं सचिवालयमा नेत्रविक्रम चन्द, हरिभक्त काडेल, धर्मेन्द्र बास्तोला, हितमान शाक्यलगायतका नेताहरू छन्। यो सांगठनिक स्वरूपको खाकालाई गत फागुन २८ र २९ गते कुपन्डोलस्थित कार्यालयमा सम्पन्न बैठकले औपचारिकता दिएको थियो। सांगठनिक स्वरूपलाई औपचारिकता दिादै संघर्ष समितिले आन्दोलनका विभिन्न कार्यक्रम तय गरेको छ। जुन कार्यक्रमको मोटामोटी स्वरुप शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिसकिएको छ। 

जनयुद्धकालको भन्दा पनि कडा खालका कार्यक्रम तर्जुमा गरिएको वाम विश्लेषकहरूको भनाइ रहे पनि पत्रकार सम्मेलनमा वितरित तीन पृष्ठको विज्ञप्तिमा भने हिंसात्मक कार्यक्रमलाई समावेश गरिएको छैन। तर तयारी भने सशस्त्र युद्धकै छ। यसबारे चैत १ गते दाङमा सम्पन्न भूमिगत बैठकले विविध रणनीति तय गरेको समाार स्रोतले जनाएको छ। स्रोतका अनुसार अनमिनको प्रमाणीकरणमा अयोग्य ठहर भएका र स्वेच्छिक अवकाश रोजेका लडाकुहरूको दाङमा सम्पन्न केन्द्रीय भेला उद्घाटनकै क्रममा बसेको भूमिगत बैठकले सशस्त्र युद्धको रणनीति तय गरेको हो। उक्त रणनीतिअनुसार चैतको तेस्रो साताभित्र जनसत्ता पुनर्स्थापना भएको सार्वजनिक घोषणा गरिनेछ। तर युद्धको थालनी भने सेना समायोजन भएको घोषणा गरिएकै दिनदेखि हुनेछ। 

संघर्ष समितिका एक नेताले भने, बाबुराम भट्टराईले सेना समायोजन गरेको घोषणा गर्ने र हामीले जनमुक्ति सेना पुनर्गठित भएको घोषणा गर्ने दिन एउटै हुनेछ। यसका लागि संघर्ष समितिका सचिवालय सदस्य नेतृविक्रम चन्द 'विप्लव' को संयोजकत्वमा पहिले नै गठन गरिएको कमिटीलाई सक्रिय बनाइने छ।' जनमुक्ति सेनाको आधुनिक ढंगले डिजाइन गर्न चन्दका अलावा महासचिव रामबहादुर थापलाई विशिष्ट जिम्मेवारी दिइएको छ। विगतको जनमुक्ति सेनाका प्रमुख डिजाइनर बादल यतिबेला यही जिम्मेवारी पूरा गर्ने सिलसिलामा विभिन्न शक्तिकेन्द्रसागको सम्पर्क एवं दौडधूपमा छन्। रिम र छिमेकी मित्रराष्ट्र चीनसाग संस्थापन पक्षका अध्यक्ष प्रचण्डको सम्पर्क टुटाउन तथा भारतमा आन्दोलनरत माओवादीसाग सामरिक सहयोग आदान–प्रदान गर्न विगत दुई महिनादेखि बादल तल्लीन रहेको बताइन्छ। यसैगरी, अलग जातीय राज्यको माग गर्दै आएका विभिन्न जातीय समूहसाग समन्वय गरी संयुक्त संघर्षको मोर्चा निर्माण गर्ने जिम्मेवारी पाएका देव गुरुङसागै बादललाई पनि विशिष्ट जिम्मेवारी दिइएको छ। 

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out