एडल्ट सर्टिफिकेटको औचित्य के ? चपली हाइट हेरिरहेका बालकले भने -'साला'

एडल्ट सर्टिफिकेट अर्थात १६ वर्षभन्दा तलका दर्शकले नहेर्ने गरी दिईने प्रमाणपत्र । सिनेमा बनिसकेपछि सेन्सरमा पास गराउनुपर्छ । सेन्सर पास नगरी कुनै पनि सिनेमा सार्वजनिक रुपमा प्रदर्शन गर्न पाईंदैन । यसैले नेपालमा पनि तीन तरीकाबाट सेन्सर बोर्डले सेन्सर गरेको प्रमाणपत्र दिने गरेको छ । एउटा हो, यु – युनिभर्सल अर्थात सबैले हेर्न पाउने । यस्तै ए – एडल्ट अर्थात १६ वर्ष भन्दा तलका दर्शकले हेर्न नपाउने र अर्को हुन्छ पी.जी. अर्थात प्यारेन्ट गाईड्स -अभिभावकको उपस्थितिमा हेर्न सकिने) ।
यसरी यी तीन सर्टिफिकेट सिनेमालाई भिराईन्छ । तर यसरी यी तीन खालको सर्टिफिकेट दिनुको औचित्य के हो यो भन्ने चाहिं बुझ्न सकिएको छैन । चलचित्र चपली हाईटलाई एडल्ट सर्टिफिकेट दिएको थियो चलचित्र सेन्सर बोर्डले । सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको चपली हाईट हेर्नका लागि हलमा १६ वर्ष भन्दा तलका दर्शक निकै धेरै पुगिरहेका छन् । बिहीबार काठमाडौंको जय नेपाल हल पुग्दा सिनेमा हेर्नका लागि १० वर्ष भन्दा तलका बालबालिका समेत पुगेको पाईयो ।
आखीर यसले अब एडल्ट सर्टिफिकेटको औचित्यमाथि प्रश्न उठाउँछ या उठाउँदैन ? सिनेमालाई दिएको सर्टिफिकेट किन लागु हुन सक्दैन ? निर्मातालाई त हलमा जतिसक्दो दर्शक पुगे उति नै  फाइदा हो, तर राज्यले यसबारेमा किन अनुगमन गर्न सक्दैन ? जयनेपाल हलमा चलचित्र चपली हाईट हेरिरहेका एक कलिला बालकले सिनेमामा प्रयोग गरेको ‘साला’ भन्ने शब्द हलभित्र नै प्रयोग गरे । यो सुनेर उपस्थित सवै दर्शक हाँसे । यी बाहेक सिनेमा भित्र यस्ता शब्दहरु पनि प्रयोग गरिएको छ, जुन नेपाली समाजमा निककै अश्लिल भनि परिभाषित गरिएको छ ।
यदि बालबालिकाले नहेरुन भनेर सर्टिफिकेट भिराउने हो भने किन राज्यले यसबारेमा अनुगमन गर्ने संयन्त्र गठन गर्न सक्दैन ? यदि सक्दैन भने यस्ता किसिमका सिनेमामा प्रयोग गरिएका संवाद र दृश्यलाई खुला रुपमा नेपाली दर्शकमाझ प्रदर्शन गर्ने अनुमति किन दिईन्छ भन्ने प्रश्न उठाउन सकिन्छ । अनुगमन गर्ने संयन्त्र त छैन नै । हलवालाले पनि आफ्नो जिम्मेवारी पूरा गरेका छैनन् । एडल्ट सर्टिफिकेट पाएको सिनेमा चलाउने हलमा यदि कुनै बालबालिका हेर्न जान्छन् भने त्यहाँ रोक्नुपर्ने दायित्व हलवालाको हो । तर पैसाको मात्रै मुख हेर्ने प्रवृत्ति भएका हलवालाले बल्लबल्ल पाएको दर्शक किन गुमाउँथ्यो । जो जो आउँछन्, पैसा लिँदै भित्र पठाउँछन् ।
यसरी एडल्ट सिनेमा बालबालिकालाई हेर्न दिने हलवालालाई कार्वाही हुने नियम पनि अहिलेसम्म कार्वाही भएको उदाहरण छैन । एक बालकले हलमै साला भन्ने शब्द सिकेर जान्छ भने भोलि उसले घरमा,  विद्यालयमा पनि अरु यस्तै खालका अश्लिल शब्द प्रयोग नगर्ला भन्न सकिँदैन । एडल्ट सर्टिफिकेट दिएपछि यसको औचित्य पनि राज्यले पुष्टी गर्न सक्नुपर्छ होईन ।  यस्ता किसिमका सर्टिफिकेट किन दिने ?

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out