प्रचण्ड 'मेजर' : सीपी

सिन्धुली, फाल्गुन १९ - माओवादी सचिव सीपी गजुरेलले अध्यक्ष पुष्पकमल दाहालले माओवादी सेनाका सुप्रिम कमाण्डर नछोडेको भए अहिले सेना समायोजन हुँदा मेजरको पद पाउने बताएका छन् ।
सिन्धुली जिविसको सत्रौं जिल्ला परिषदमा शुक्रबार बोल्दै सचिव गजुरेलले सेना समायोजनको विषयमा चर्चा गर्दै उक्त कुरा बताएका हुन् । अहिले मेजरसम्मको पद दिने गरि समायोजनको खाका ल्याउन लागिएको छ ।
'त्यो मान्य हुँदैन्, । हाम्रो अध्यक्ष प्रचण्डले प्रधानमन्त्री हुँदा  सुप्रिम कमाण्डर नछोडेको भए अहिले मेजर हुन्थे, यस्तो अपमानजनक समायोजन पनि कहिं हुन्छ,' सचिव गजुरेलले आक्रोसित हुँदै  भने ।
माओवादी सेनाको छुट्टै निर्देशनालय हनुपर्ने र सम्मानजनक दर्जा निर्धारण नभए आफ्नो पार्टीलाइ मान्य नहुने उनले जिकिर गरे । 'सशस्त्र बनाएर सम्मानजनक समायोजन हुनुपर्छ अन्यथा आत्मसमर्पण गरेको ठहर्छ त्यो मान्य हुँदैन,' उनले थपे । आमुल परिवर्तन हुने संविधान र सबै समस्याको समाधान हुने शान्ति मात्र माओवादीले खोजेको सचिव गजुरेलको भनाइ थियो ।
प्रधानमन्त्री सिन्धुलीबाट रौतहट प्रस्थान गरेको केही समयपछि आइपुगेका सचिव गजुरेलले पश्चिम सेतीको सम्झौता गरेर सरकारले राम्रो काम गरेको बताए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out