युरोपमा प्लास्टिकको प्रयोग घटाइने

युरोपेली आयोगले युरोपमा प्रयोग हुने प्लास्टिकका झोलाको संख्यामा कमी ल्याउने प्रस्ताव अघि सारेको छ । यो विषयमा भएको सार्वजनिक विचार विमर्शका क्रममा सहभागि हजारौँ मानिसले प्लास्टिकमाथि प्रतिबन्ध लगाउनुपर्ने धारणा राखेपनि युरोपेली आयोगले प्लास्टिकको प्रयोग घटाउँदै त्यसको विकल्प खोज्ने तयारी थालेको हो ।
युरोपेली संघका सदस्य राष्ट्रहरुमा हरेक वर्ष ८ लाख टन प्लास्टिकका झोलाको प्रयोग हुने गरेको छ जसमध्ये अधिकांस झोलाहरुको पुनप्रयोग हुने गरेको छैन ।

युरोपेली युनियन सम्बद्ध देशका हरेक नागरिकले सन् २०१० मा औषतमा १ सय ९१ वटा प्लास्टिकका झोला प्रयोग गरेका थिए । जसमा केबल ६ प्रतिशत मात्र पुनः प्रयोग गरिएको थियो । ४ अर्ब भन्दा बढि प्लास्टिकका झोला एकपटक मात्र प्रयोग गरी फ्याँकिएको थियो ।
वैज्ञानिकहरुले प्लास्टिकका झोलाको प्रयोग अत्यधिक हुँदा त्यसले पर्यावरणमा नराम्रो असर पूराउन थालेको भन्दै यसले जैविक विविधतामा नराम्रो असर परेको र प्रशान्त महासागरको तटीय क्षेत्रहरुमा समेत प्लास्टिकको बाक्लो तह जम्मा हुन थालेको बताएका छन् ।
इटालीले गएको वर्ष आफ्नो देशमा प्लास्टिकको प्रयोगमा पूर्ण रुपमा प्रतिबन्ध लगाएर प्लास्टिकको प्रयोगमा प्रतिबन्ध लगाउने युरोपेली संघ अन्तरगतको पहिलो देश बनेको थियो । प्लास्टिकको प्रयोगलाई निरुत्साहित गर्न अन्य केही युरोपेली मुलुकले प्लास्टिकमा भारी कर लगाएका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out