एसएलसी तयार गर्दै गरेका किशोरको सामुहिक बलात्कार

उपेन्द्र लामिछाने, अमलेखगन्ज, बारा फागुन २७ - एसएलसी परीक्षाको तयारीमा जुटेका बारा अमलेखगन्जका एक किशोरलाई स्थानीय युवाहरुको एक समुहले बिहीबार राति सामुहिक बलात्कार गरेका छन्।
डम्मरपुर घर भई अमलेखगन्जस्थित फुपुको घरमा बस्दै आएका १८ बर्षिय जिवन गोलेलाई (नाम परिवर्तन)घरमा कोही नभएको मौका पारेर बिहीबार राति १० बजे चार जनाको समूहले हतियार देखाउँदै बलात्कार गरेका हुन्।
'म भान्सामा बसेर खाना बनाउदै , पढ्दै थिए ', अमलेखगन्ज चौकीमा उजुरी गर्न आएका किशोरले भने -'अचानक उनीहरु घर भित्र छिरेर छुरी देखाउँदै दुर्व्यवहार गर्न थाले। ' फुपु गुम्बामा गएकाले आफु घरमा एक्लै रहेको उनले सुनाए। 'चिनेको एक दाइले पहिला घरमा को-को छ भनेर सोध्नु भयो ', उनले भने - 'मैल्ये कोही छैन , म एक्लै हो भनेपछि उनले साथीहरुलाई बोलाए र बलात्कार गरे।'

हल्ला गरे मारिदिन्छु भनेकाले आफु रोएर बस्न विवश भएको उनले सुनाए। 'उनीहरु सवैले पालै-पालै नराम्रो कार्य गरे ', उनले भने -'अन्तमा म वेहोस भएर लडे।' होसमा आउँदा घरमा आफन्त जम्मा भइसकेको उनले सुनाए। 'मैल्ये सवै कुरा फुपुलाई भने ', उनले थपे - 'त्यसपछि प्रहरी पनि आइपुगे।'

पिडित किशोरले शुक्रबार विहान समयमा आत्महत्या गर्ने प्रयास समेत गरेको फुपुले सुनाइन्। 'हामीले उसलाई संझायौ ', उनले भनिन् -.'अन्तत उसले आफ्नो त्यो विचार त्यागिदियो।' दोषीलाई कारवाही भए आफुले पढाइ निरन्तरता दिने किशोरले सुनाए। 'म पढेर ठूलो मान्छे बन्नको लागि घर छाडेर याहाँ आएको हुँ ', उनले भने - 'म पढाईलाई निरन्तरता दिने छु।' दोषीलाई प्रहरीले पक्रेपछि आफनो गिरेको 'आत्मबल' बढेको उनले सुनाए।
किशोरको किटानी जाहेरीको आधारमा प्रहरीले स्थानीय ६ युवालाई नियन्त्रणमा लिएको छ। 'जसमा एकलाई पीडित किशोरले पहिचान गरेका छन् ', अमलेखगन्ज चौकीका सई अरुणकुमार कुशवाहले भने - 'अरुको बिषयमा अनुसन्धान गर्देछौ।' दोषीलाई कडा भन्दा कडा कारवाही गरिने उनले सुनाए।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out