नखेल्नु जूवा र तास
धनको नाश जीवनको वनबास...
जूवाले घरखेत नै गएका प्रसंग हामीले महाभारतकालदेखि नै सुन्दै आएका छौं । तर पनि जूवातासप्रति मानिसहरूको आकर्षण कम भएको छैन । तारे होटलका क्यासिनोदेखि भट्टटी पसलसम्म साना-ठूला खाल चलिरहेकै हुन्छन् । यसको कारण हो एक चोटि जुवाको लत लागेपछि छोड्न नसक्नु । वैज्ञानिकहरू यस्तै भन्छन् । पछिल्लो अध्ययनलाई मान्ने हो भने यसका लागि मस्तिष्कको संवेदनशील भागमा भएको एउटा रसायन जिम्मेवार छ । यो रसायनले मस्तिष्कको भावनात्मक प्रतिक्रियामा असर गर्छ ।
मलिक्युलर साइकेट्री जर्नलमा प्रकाशित यो अध्ययनका लागि १९ जना स्वस्थ व्यक्तिहरूलाई ब्रेन स्क्यानिङ गरिएको थियो । उनीहरूले जूवा खेलिसकेपछि पुनः पास्टिरान एमिसन टोमोग्राफी -पिइटी) स्क्यान गरिएको थियो । पैसा गुमाएका जुवाडेको मस्तिष्कमा नारपिनपि|mन नामक सन्देशवाहक रसायन -केमिकल म्यासेन्जर) सक्रिय भएको पाइयो ।
अध्ययनकर्ताले पाए अनुसार, जुन व्यक्तिमा नारपिनपि|mनको फैलावटको मात्रा कम हुन्छ, उनीहरूको मस्तिष्कको संवेदनशील खण्डमा एक प्रकारको रसायनको स्राव हुने गरेको
छ । यसैको प्रभावले पैसा गुमाउँदाको दुःख उनीहरूको मस्तिष्कमा खासै पर्दैन । तर यसको मात्रा बढी हुनेहरूमा गुमाउनु पर्दाको प्रतिक्रिया भने भावनात्मक हुन्छ । अर्थात्, उनीहरूलाई पैसा गुमाउनुपर्दा दुःख लाग्छ । यस्ता व्यक्तिहरूले आफू ठगिएको अनुभव गर्नुको साथै बारम्बार मैले यस्तो किन गरें भन्ने सोच्ने गरेका छन् । यस्तो भावनात्मक प्रतिक्रिया विभिन्न व्यक्तिहरूमा कम वा बढी हुन सक्छ ।
अनुसन्धानकर्ताहरूले यो अध्ययनको निष्कर्षलाई प्रारम्भिक मान्दै यसका लागि थप अनुसन्धानको आवश्यकता रहेको समेत औंल्याएका छन् । यसमा अन्तिम सफालता पाइए व्यक्तिका नराम्रा बानी र आक्रामक व्यवहार जस्ता समस्याको उपचार खोज्न पनि सघाउ पुग्ने अनुसन्धान- कर्ताहरूको विश्वास छ ।
De Goli (2017): Indian Pop MP3 Songs
4 months ago