मृगले सिंहलाई लखेटेपछि…..(फोटो फिचर)

सिंहको सबैभन्दा सजिलो र मिठो आहार हो मृग । मृगको बथानमा धावा बोल्नु र हरेक पटक एक जनालाई आहारा बनाउनु सिंहको चरित्र नै हो । तर यो थ्योरी सबै परिस्थितिमा लागु हुनसक्छ । कहिलेकाही यस्तो अवस्था पनि आउँछ जहाँ मृगले सिंहसँग युद्ध गरी सिंहलाई लखेट्छ ।
एउटा सिंहमाथि मृगको बथान जाइ लागेकोले यस्तो भएको होला भन्ने अनुमान गर्न सकिएला । तर त्यसो होइन केन्याको एक वन्यजन्तु आरक्षमा एउटा मृगले एक्लै आफुलाई खान आएको सिंहसँग साहसिक रुपमा युद्ध गरेर आफ्नो ज्यान मात्र जोगाएको छैन सिंहलाई समेत लखेटेको छ ।
आरक्षभित्रको पानीको दहमा चरिरहेको अवस्थामा अपि|mकी प्रजातिको कृष्णसार मृगमाथि भोकाएकी सिंहिनी आक्रमण गर्न आइ । आखिर सिंहले आँटेपछि जाबो मृगको चोला त्यही निरै समाप्त हुने पक्का थियो । तर त्यो साहसी कृष्णसारले हिम्मत हारेन । आफुमाथि आक्रमण गर्न आएको सिंहमाथि आफ्ना तिखा सिङले जाइ लाग्यो ।
त्यो सिंहीनीको कृष्णसारको सिकार गर्न जानु चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी जस्तै भयो । धन्य भाग्यले कृष्णसारका तिखा सिङ उसको भुँडीमा सियो रोपियझैँ रोपिएनन् । जाबो मृगले समेत आफुलाई जितेपछि सिंहिनी पुच्छर लुकाउँदै कुलेलम ठोकी ।–एजेन्सी
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out