डान्स बारमा निशा

काठमाडौ, फाल्गुन २४ - पछिल्लो साता 'लुट' फिल्मले प्रदर्शनको ५१ दिन कटाएको खुसियालीमा आयोजित सफलता-भोजमा नायिका निशा अधिकारीले पत्रकार अनुप भट्टराईको क्यामेरा खोसेपछि विवादमा आइन् । काममा सक्रिय पत्रकारको क्यामेरा खोसिदिएपछि उत्पन्न चर्को विरोधमा उनले माफी माग्नुपर्‍यो । तर मंगलबार भने उनी पुतली सडकस्थित बन्दै गरेको स्टार मलको 'मायाज बार' मा देखिइन् । तलदेखि माथिसम्म रातो ड्रेसमा सजिएकी उनी बारमा पुगिनन् मात्रै, नाच्नै थालिन्, 'वारि सिकारी पारि सिकारी, हान्छन् बरै नजरको तीरले...' गीतमा । यहाँ उनी विवादको तनाव मेट्न आएकी भने होइनन् ।
'यहाँ म पारिवारिक तनावका कारण नाच्न आएकी हुँ,' निशाले यसो भनिरहँदा उनलाई पृष्ठभूमिमा बसेर नाच्न सिकाउनेमा थिइन्, करिश्मा मानन्धर । दिनेश डिसीको निर्देशनमा बन्दै गरेको फिल्म 'मायाज बार' मा यी दुई नायिका बार डान्सर बनेका रहेछन् । '६/७ वर्षको छोरो घरमा भएकी माया (निशा) इगोका कारण आफ्नै साथी रिया (करिश्मा) सँग नाच्न आएकी हुन्छे,' निर्देशक डिसीले भने, 'फिल्ममा प्रेमपछि विवाह भएर आउने पारिवारिक तनावलाई देखाउन खोजेको छु, जुन प्रायः फिल्ममा पाइँदैन ।' उनले बारको सेटिङ बन्दै गरेको उक्त मलमा लगाएका हुन् । 'यो बार अलिक स्ट्यान्डर्डको हो,' फिल्ममा आफ्नै नामको बारका बारे निशा बोलिन्, 'फिल्मअघि मैले केही त्यस्ता डान्स बारहरू पनि हेर्न गएँ । त्यहाँका डान्सरको पृष्ठभूमि पनि बुझें ।'
राजेश हमाल पूरै नकारात्मक चरित्रमा देखिन लागेको बताइएको उक्त फिल्ममा उक्त बार उनैको स्वामित्वमा हुन्छ । 'त्रिलोक नरसिंह राणा (राजेश) बारको मालिक भए पनि बक्सिङ खेलमा बाजी लगाउने गर्छ र मान्छे लडाउँछ,' डिसीले आफ्नै स्त्रिmप्टका बारेमा भने, 'मायाको बूढा गजित (गजित विष्ट) पनि बक्सिङ खेलाडी नै हो । कथा यहीं भित्र छ, खोली नहालौं ।'
सुनील मानन्धरको लगानी रहेको उक्त फिल्मको १५ दिनको सुटिङ चलिरहँदा दिनेश खुसी देखिए । पछिल्लो फिल्म 'दाइको ससुराली' निर्देशन गरेको साढे तीन वर्षपछि उनी तेस्रो फिल्ममा जुटेका हुन् ।
यसलाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन् भने गम्भीर विष्टले कोरियोग्राफी गरिरहेका छन् । 'डान्स बारमै नाचिने नृत्यका लागि पाँच महिनादेखि गम्भीरजीले मलाई ग्रुमिङ गरिरहनुभएको छ,' निशाको भनाइमा निर्देशक पनि सहमत देखिए । उनले भरसक कम्प्रोमाइज गर्न नखोजेको बताए । सबै गीत कथा अनुसार नै राखिएको पनि उनको दाबी छ । संगीत सुरेश अधिकारीको रहेको छ भने एक्सनमा एनबी महर्जन ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out