मस्तिष्क र ढाडको जन्मजात समस्या

स्वस्थ सन्तानको चाहना नराख्ने दम्पती को होलान् र ? तर, त्यस्तो इच्छा पाल्ने सम्भावित आमाले गर्भधारणा गर्नुभन्दा अघिदेखि नै नियमित रूपमा फलिक एसिड खान थाल्नुपर्छ । यस्तो अभ्यास गरे अरू विभिन्न फाइदा त भई नै हाल्छन्, सँगसँगै तपाईंका सन्तानमा हुन सक्ने 'न्युरल ट्युब डिफेक्ट' को सम्भावना धेरै कम हुन्छ । अर्थात्, तपाईंको शिशुको मस्तिष्क र ढाडको हाडको विकास अवरुद्घ हुनबाट जोगिन्छ । यो समस्या ज्यानमारा हुन्छ । यसले शिशुलाई जीवनभर विकलाङ्ग बनाउन सक्छ ।

न्युरल ट्युब डिफेक्ट सामान्य भाषामा 'जन्मजात हुने मस्तिष्क र मेरुदण्ड विकास सम्बन्धी समस्या' हो । आमाको शरीरमा फलिक एसिडको कमीले गर्दा गर्भमा रहेको शिशुको न्युरल ट्युब -स्नायु ट्युब) जस्तो बन्नुपर्ने हो, त्यस्तो बन्दैन । अनि यो समस्या उत्पन्न हुन्छ । 

'महिलाहरूमा फलिक एसिडको कमीले गर्दा बच्चामा न्युरल ट्युब डिफेक्ट हुने समस्या नेपालमा बढदो छ,' वीर अस्पताल, न्युरो सर्जरी विभागका प्रमुख डा. पवन सुल्तानिया भन्छन्, 'हाम्रो न्युरो सर्जरी विभागमा आउने कुल रोगीमध्ये चार प्रतिशतभन्दा माथिको न्युरल ट्युब डिफेक्टका कारण शल्यक्रिया हुने गरेको छ ।'

हालसम्म मुलुकमा न्युरल ट्युब डिफेक्टबारे बृहत् अध्ययन नगरिए पनि प्रा.डा. सुल्तानियाको अनुमान अनुसार, वर्षेनि पाँचदेखि सात हजार शिशु यो समस्या लिएर जन्मिने गरेका छन् । विश्वव्यापी रूपमा भने प्रत्येक एक हजार जीवित जन्ममा ०.२२२ जना न्युरल ट्युब डिफेक्ट सहित जन्मिन्छन् ।

न्युरल ट्युबसँग जोडिएको नकारात्मक असर गर्भावस्थाको पहिलो सातामै अस्तित्वमा आउँछ । 'सन्तानको चाहना राख्ने महिलाहरूले गर्भधारण अगावैदेखि नै पाँच मिलिग्राम फलिक एसिड सेवन गर्नुपर्छ,' त्रिवि शिक्षण अस्पतालका वरिष्ठ नशा रोग विशेषज्ञ प्रा.डा. जगदीशप्रसाद अग्रवाल भन्छन्, 'अर्थात्, सन्तानको इच्छा राख्दा अन्तिम महिनावारी भएसँगै फलिक एसिड सेवन

गर्नुपर्छ ।' अधिकांशले आफू गर्भवती भएको जानकारी महिनावारी रोकिएपछि पाउँछन् । तर, यति खेर धेरै ढिलो भइसकेको जनाउँदै अग्रवाल छिमेकी मुलुक चीन र विकसित राष्ट्रमा हामीले नुनमा आयोडिन राखेझैं खाद्य पदार्थमै फलिक एसिड राखिने चलनलाई समेत औंल्याउँछन् ।

अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड पि्रभेन्सन -सिडिसी) का अनुसार, अमेरिकामा करिब आधा गर्भधारणा विनायोजना हुने गरेको छ । अमेरिकामा गर्भधारण प्रक्रिया यस्तो स्थितिमा रहेको बेला नेपालमा भने योजना बनाएर गर्भधारण गर्नेको संख्या कति होला, सहजै अनुमान गर्न सकिन्छ । सिडिसीको सुझाव अनुसार आमा बन्न योग्य महिलाहरूले नियमित रूपमा दिनहुँ चार एमजी फलिक एसिड लिनुपर्छ र गर्भाधान हुनु अघिदेखी गर्भधारणको १४  सातासम्म जारी राख्नु पर्छ । यो अवधिमा भ्रुणमा शिशुको विकास तीव्र गतिले हुन्छ । यस्तै भ्रुणमा भएको न्युरल ट्युब गर्भावस्थाको पहिलो चार सातामा बन्द हुन्छ । प्रा.डा. अग्रवालका अनुसार, यसपछि यो नखाए पनि केही फरक पर्दैन । गर्भावस्थाको अवधिभर खाँदा समेत कुनै हानि-नोक्सानी हुँदैन ।

फलिक एसिड पर्याप्त मात्रामा नभएका आमाहरूमा गर्भपातको समस्या समेत देखिएको उल्लेख गर्दै प्रा.डा. अग्रवाल भन्छन्, 'प्रकृतिले समेत दोषयुक्त गर्भलाई स्वीकार गर्न नसकेर होला, गर्भपात बढी हुने गरेको देखिन्छ ।'

छारे रोगको औषधि खाने महिलाले समेत फलिक एसिडको औषधि खानुपर्ने अग्रवाल औंल्याउँछन् । उनका अनुसार, छारे रोग भएका महिलाले एन्टिएप्लिटिक -छारे रोगको) औषधि लिइरहेका छन् भने उनीहरूले सामान्य जनसंख्याको दाँजोमा तीन गुणा बढी न्युरल ट्युब डिफेक्ट सहितका शिशु जन्माउने सम्भावना हुन्छ ।

सिडिसीको अनुसार, फलिक एसिडले शिशु खुँडे हुने वा मुटु सम्बन्धी कुनैकुनै खराबी जस्ता जन्मजात शारीरिक विकृतिबाट समेत जोगाउँछ । यस्तै, पुरुष र महिलालाई यसले केही अन्य स्वास्थ्य सम्बन्धी फाइदा दिन सक्छ । तर यस्ता फाइदाहरूबारे किटान गर्न अझ बढी स्वास्थ्य सम्बन्धी अनुसन्धानको खाँचो छ ।

सिडिसीले गर्भधारणका लागि तयारी गरेका वा नगरेका महिलाले दिनहँु चार सय माइक्रोग्राम फोलिक एसिड पर्याप्त हुने उल्लेख गरेको छ । यस अतिरिक्त उनीहरूले फलेटको माध्यमले प्राकृतिक रूपमा पाइने फलिक एसिड समेत लिइरहेका हुन्छन् । कुनै महिलाको पूर्वगर्भ मस्तिष्क र ढाड सम्बन्धी जन्मजात दोषले प्रभावित भएको खण्डमा चिकित्सकले बढी मात्रामा फलिक एसिड प्रस्तावित गर्न सक्छन् ।

के हो फलिक एसिड ?

फलेट समेत भन्ने गरिएको फलिक एसिड भिटामिन बी समूहमध्ये एउटा भिटामिन हो । फलेट साग, हरियो तरकारी, अमिलो फल, जुस, गेडागुडीमा प्राकृतिक रूपमै पाइन्छ ।

फलिक एसिड मानवद्वारा निर्मित हुन्छ । भिटामिन बी ९ को नामले समेत चिनिने फलिक एसिड करिब ५० प्रतिशत त प्राकृतिक रूपमा भोजनबाटै पाइन्छ । शरीरले फलिक एसिडलाई बनाउँदैन र शरीरमा जम्मा गरेर समेत राख्न सक्दैन । शरीरमा यसको मात्रा खानपानमा निर्भर हुन्छ । खाना पकाउँदा भने यो बाँकी रहेको ५० प्रतिशत नष्ट हुने गर्छ । अनुसन्धान अनुसार, गर्भवती महिला सन्तुलित आहारमा मात्र निर्भर रहे भने तिनलाई पर्याप्त फलिक एसिड प्राप्त हुन कठिन हुन्छ ।

के गर्छ फोलिक एसिडले ?

कोष विभाजनमा फलिक एसिडले महत्त्वपूर्ण भूमिका खेल्छ । यसले शरीरमा आवश्यक रहेको रातो रक्त कणिका, नोरपाइनप|mाइन, सेरोटोनिन -स्नायु प्रणालीको रासायनिक घटक) को निर्माणमा

सघाउँछ । यति मात्र होइन, यसले शरीरको आनुवांशिक सामग्री अर्थात् डिराइबो न्युक्लिक एसिड -डिएनए) बनाउन समेत सघाउँछ, जसले मस्तिष्कको कामलाई सामान्य बनाउँछ । यो ढाडको द्रव्यको एउटा महत्त्वपूर्ण खण्ड हो । यसले स्पाइना बिफिडा जस्तो न्युरल ट्युब डिफेक्टलाई समेत रोक्ने गरेको छ । बेलायतमा गरिएको एउटा अध्ययन अनुसार, गर्भभन्दा अघि र गर्भाधानपछि शरीरमा उपयुक्त मात्रामा फलिक एसिड छ भने यसले करिब ७२ प्रतिशत शिशुमा जन्मजात मस्तिष्क र ढाडमा ठूलो खराबी हुनबाट जोगाउँछ ।

फलेट पाइने खाद्य पदार्थ

हरियो पात भएको साग फलेटको राम्रो स्रोत हो । केराउ -मटर), काउली, हरियो खुर्सानी, मकै, भिन्डी आदि फलेट अर्थात् प्राकृतिक फलिक एसिड भएका तरकारी हुन् । बदाम, ओखर, तिल, काजु समेत यसको राम्रो स्रोत हो । पिठो, ब्रेड, भटमास, राजमा, दाल, चनामा पनि यो पाइन्छ । फलफूलमा भने फलेट केरा, मेवा, सुन्तला, स्ट्रबेरी, खरबुजा आदिमा पाइन्छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out