बलिउड बेबोले नायकसरह पारिश्रमिक पाउन संघर्ष गर्ने

बलिउड बेबो करिना कपुरले आफूले बलिउडमा नायकसरह समान पारिश्रमिक पाउनका लागि संघर्ष गर्ने बताएकी छन्। 'बलिउडमा जहिल्यै पनि तीन या चार खान तथा अन्य नायकको दबदबा छ। मेरो विचारमा महिला कलाकारहरु जहिल्यै पनि उनीहरुसँग नाच्ने काममात्र गरिरहेका छन्' बलिउड नवाव सैफ अली खानकी ३१ वर्षीया प्रेमिका करिनाले भारतीय संचारमाध्यमसित भनेकी छन्- 'हामी जहिल्यै पनि शाहरुख र सलमान खानको पछाडि बसेर म यहाँ छु। मलाई पनि केही काम गर्न देऊ भनेर भन्नुपर्ने अवस्था छ।

अनि पैसाकै कुरा गर्दा सलमान र मेरो पारिश्रमिकलाई सम्झिए पुग्छ।' मधुर भण्डारकरको फिल्म हिरोइनमा काम गरिरहेकी नायिका पारिश्रमिकबापत ८ करोड रुपियाँ लिन्छिन् र बलिउडमा सर्वाधिक कमाउने नायिकामा पनि पर्छिन्। तर उनले आफूलाई अन्य नायिकाको अगाडि कहिल्यै पनि 'नायक' का रुपमा स्थापित गराउन सकेकी छैनन्। 'म आफूलाई नायक ठान्दिनँ किनकि थ्री इडियट्स रावन र बडीगार्डले १ सयदेखि १ सय ५० करोड कमायो।

तर ती सबै पैसा फिल्मका निर्माता र तीन खानले मात्र लगे। तर मैले त्यही छम्मक छल्लो मात्र पाएँ’ आक्रोशित भावमा करिनाले भनेकी छन्- 'तर म नायिकाले पनि आफ्नो हक पाउनुपर्छ भन्नका लागि लडाइँ लड्नेछु। मलाई लाग्छ भगवान् पनि दयावान् छन् जो मेरो कार्यमा सधैं साथ दिइरहनेछन्।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out