वेपत्ता पार्नेलाई आममाफी दिए नेतृत्वबिरुद्ध आन्दोलन

२७ फागुन, काठमाडौं । सशस्त्र द्वन्द्वकालमा राज्यद्धारा वेपत्ता पारिएकाहरुको परिवारले पार्टी नेतृत्वविरुद्ध नै आन्दोलन गर्ने चेतावनी दिएका छन् । शनिबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री डा. भट्टराई, उपाध्यक्ष मोहन बैद्य किरणसहितका शीर्ष नेताहरुलाई बोलाएर उनीहरुले ‘वाईसीएलले जस्तै पार्टी नेतृत्वविरुद्ध आन्दोलन गर्नु पर्ने हो’ भन्ने प्रश्न गरेका छन् । जनयुद्धका क्रममा बेपत्ता पारिएकाहरुको पिडा सामूहिक भनिए पनि अहिले व्यक्तिगत भएको भन्दै उनीहरुले आन्दोलनको धम्की दिएका छन् ।
‘हामीले पार्टीलाई नै अभिभावक मानेपनि पार्टीले अभिभाकत्व ग्रहण गर्न नसकेको भन्दै साथीहरुले आक्रोस पोख्नु भएको छ’माओवादी सभासद समेत रहेका राज्यद्धारा वेपत्ता पारिएका परिवार समाजका सावित्रीकुमारी दुराले भन्नुभयो-’केहीले त ‘वाईसीएलले जस्तै पार्टी नेतृत्वविरुद्ध आन्दोलन गर्नु पर्ने हो’ समेत भनेका छन् ।’ वेपत्ता परिवारका सदस्यहरुले माओवादीकै नेतृत्वमा दुई वटा सरकार बन्दा समेत वेपत्ताहरुको खोजीका लागि कुनै पहल नगरेको, राहत नदिएको भन्दै आक्रोश समेत पोखेका छन् ।

उनीहरुले बेपत्ता पार्ने काममा संलग्नलाई आममाफी दिने प्रावधान नराख्न नेतृत्वलाई दबाव दिएका छन् । ‘हामीले बेपत्ता खोजबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगमा नागरिक बेपत्ता पार्नेलाई आममाफी दिने प्रावधान नराख्न नेतृहरूको ध्यानाकर्षण गरायौँ, समाजका संयोजक एकराज भण्डारीले भन्नुभयो-’त्यस्तो प्रावधान राखे सरकार र पार्टीविरूद्ध आन्दोलनमा उत्रने चेतावनी पनि दिएका छौँ ।’

‘हाम्रा साथी पनि फस्छन’

जवाफमा शीर्ष नेताहरुले आप\mनै नेतृत्वमा सरकार हुँदा पनि वेपत्ताहरुको पक्षमा काम गर्न नसकेको स्वीकार गरेका छन् । अध्यक्ष प्रचण्ड र उपाध्यक्ष तथा प्रधानमन्त्री भट्टराईले राज्यका तर्फबाट नागरिक बेपत्ता पार्ने काममा संलग्न सबैलाई कारबाही गर्ने हो भने आफ्ना पार्टीका पनि धेरै नेता कार्यकर्ता त्यसमा तानिन सक्ने बताउनु भयो । ‘जनयुद्धका बेला हाम्रा तर्फबाट पनि मानिसहरु बेपत्ता पारिएका छन’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईहरुले भनेजस्तो आममाफीको व्यवस्था नगर्ने हो भने हाम्रो पार्टीका पनि धेरै नेता कार्यकर्ता त्यसमा तानिन सक्छौँ ।’

प्रधानमन्त्री भट्टराईले आफू प्रधानमन्त्री भएपछि बेपत्ता परिवारलाई राहत र क्षतिपूर्ति दिन पटकपटक प्रयास गरे पनि कांग्रेस-एमालेको विरोधका कारण सोचेजस्तो काम हुन नसकेको बताउनु भयो । अध्यक्ष प्रचण्डले भने आममाफीको प्रावधान नराख्न दिएको सुझाव राम्रो भए पनि कार्यान्वयनमा जाँदा लचकता अपनाउनुपर्ने बताउनुभएको थियो ।

कांग्रेस र एमालेले वेपत्ता खोजविन तथा सत्य निरुपण आयोग गठन सम्वन्धी विधेयकमा सबैलाई उन्मुक्ति दिन नसक्ने बताएका् छन् भने माओवादीले सबैको सत्यतथ्य पत्ता लगाउने र आममाफी दिनु पर्ने अडान राख्दै आएको छ ।

बेपत्ता परिवारले दण्डपाणि न्यौपाने लगायतका नेताहरुलाई बेपत्ता पारिएको दिनको सम्झनामा हरेक वर्ष जेठ ७ गतेलाई नागरिक बेपत्ता दिवसमा रुपमा मनाउने निर्णय गेको छ । न्यौपानेलाई तत्कालीन सरकारले ७ जेठ २०५६ मा पक्राउ गरेकामा हालसम्म अवस्था अज्ञात छ ।

छलफलपछि शान्ति तथा पुनः निर्माणमन्त्री सत्या पहाडीले नेपाली काँग्रेसका सभापति सुशील कोइरालाका कारण बेपत्ता खोजबिन आयोग गठनमा ढिलाई भइरहेको आरोप लगाउनुभयो ।

‘प्रमुख तीन दलका शीर्ष नेताको बैठकले सुशीलजीलाई बेपत्ता खोजबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठनका विषयमा प्रस्ताव ल्याउने जिम्मेवारी दिएको थियो, ‘पहाडीले भन्नुभयो, ‘उहाँले आफ्नो जिम्मेवारीअनुसार स्पष्ट प्रस्ताव नै ल्याउन सक्नुभएको छैन, जसका कारण प्रक्रियामा ढिलाई भइरहेको छ ।’ राजनीतिक दलहरुको सहमतिमा छिट्टै आयोग गठनको प्रस्ताव नआए बेपत्ता परिवारहरुको भावनाको सम्मान गर्दै मन्त्रालयका तर्फबाट एकलौटी रुपमा संसदमा विधेयक पेस गरिने चेतावनी मन्त्री पहाडीको थियो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out