चपली हाइट किन चल्यो ?

‘चपली हाइट’ले सिनेमाका पण्डितहरूलाई समेत चक्मा दिने गरी अनपेक्षित इनिसियल विवरणको सन्देश दिएको छ । ‘लुट’को सर्वाधिक रेकर्डलाई यसले माथ देला वा नदेला तर, ओपनिङमा भने यसले ‘लुट’को रेकर्डलाई तोडिएको छ । यसले शुक्रबार सर्वाधिक ओपनिङ सिंगल डेको ग्रस कलेक्सनको रेकर्ड राख्यो । दोस्रो –दुई दिनमै एउटै मल्टिप्लेक्समा ११ सोजको अर्को रेकर्ड । पोखरा मल्टिप्लेक्समा ‘लुट’ उतारेर समेत ‘चपली हाइट’ प्रदर्शन गरियो । आखिर ‘चपली हाइट’ किन चल्यो ?

समिक्षकहरू ‘चपली हाइट’को आक्रामक ओपनिङ स्वभाविक भएको बताउँछन् । उनीहरू बदलिँदो दर्शकीय मनोविज्ञान र समाजको चरित्र तथा गतिसँग ‘चपली हाइट’लाई विश्लेषण गर्छन् । हामी यहाँ ‘चपली हाइट’ किन चल्यो भन्ने बारेमा केही सैद्धान्तिक र वस्तुगत पक्षको चर्चा गर्दैछौं ।

यौन हिंसातर्फ उन्मुख समाज
समाजशाष्त्रीहरू नेपाली समाज हिंसातर्फ उन्मुख रहेको बताउँछन् । हिंसाका स्वरुपहरूमध्ये यौन तीव्र गतिमा नेपाली समाजमा अघि बढेको पक्ष हो । व्लकबस्टर ‘लुट’ समेत हिंसात्मक सिनेमा थियो । नेपाली सिनेमाका कन्टेन्ट हिजोआज हिंसा, यौन र अपराधको मनोविज्ञानबाट प्रेरित छन् । ‘चपली हाइट’ नेपाली समाजकै वास्तविक घटनामा आधारित सिनेमा हो । भीडको मनोविज्ञान र भीडले मनपराउने हिंसात्मक समाजतर्फको यात्रा ‘चपली हाइट’को प्रदर्शनसँग अभिन्न छ । नेपालजस्तो बन्द समाजमा यौन सर्वाधिक विक्ने कन्टेन्ट हो ।

लगातारका कन्ट्रोभर्सी
‘चपली हाइट’ नेपाली सिनेमा इतिहासमा सर्वाधिक विवाद खेपेको सिनेमा हो । यसले सबैभन्दा बढी हिरोइन कन्ट्रोभर्सी खेप्यो । रिलिज नहुँदै सिनेमा र यसको हिरोइन कन्ट्रोभर्सीलाई लिएर मिडियाले लगातार सन्देश प्रवाह गरिरहे । सिनेमाभन्दा पनि हिरोइन र यौनको गसिप र समाचार सर्वाधिक विक्यो । सुटिङ नहुँदै हिरोइनको कन्ट्रोभर्सी, टपलेस कन्ट्रोभर्सी, पोस्टर कन्ट्रोभर्सी, लुगा कन्ट्रोभर्सी, ट्राफिक पुलिस र होर्डिङ बोर्ड कन्ट्रोभर्सी र हिरोइन अंग प्रदर्शनमा उदार भएको कन्ट्रोभर्सी । यी विवादहरू भीडलाई तान्ने चुम्बक बने ।

चपली हाइट : दुई दिनमा ७० लाख ग्रस
‘चपली हाइट’ले प्रदर्शनको दुई दिनमा ७० लाख अलनेपाल ग्रस मार्क गरेर आम्दानीको अर्को कीर्तिमान कायम गरेको छ । नेपाली सिनेमा इतिहासमै दुई दिनमा यति आम्दानी गरिएको यो पहिलो पटक हो । वितरण संस्था डीसीएनले यसको पुष्टि गरेको हो । योसँगै ‘चपली हाइट’ले आफ्नो लगानी उठाएको छ । २७ लाख बजेटको सिनेमालाई लगानी उठाउन ६० लाख ग्रस आवश्यक थियो ।

सिनेमाले पहिलो दिन शुक्रबार २० लाखको ओपनिङ गरेको थियो । राजधानी र मोफसल टेरिटोरीका ३५ मल्टिप्लेक्स र सिंगल थिएटरका पर्दाबाट सिनेमाले यो कलेक्सन गरेको हो । क्यूएफएक्सले ११ सोज र बिग सिनेमाज्ले दुई दिनमै नौ सोज दिएका छन् । पोखरामा ‘लुट’ हटाएर बाराही र श्रीकृष्ण मल्टिप्लेक्समा प्रदर्शन थालिएको छ । ‘चपली हाइट’को यो समीकरणमा मोफसलको ३५ र राजधानीको ६५ प्रतिशतको योगदान छ ।

‘लुट’ निर्माता नरेन्द्र महर्जन ‘चपली हाइट’का वितरक हुन् । ‘चमत्कारै भयो’ उनले भने, ‘सिनेमाले लगानी उठाइसकेको छ । भोलि (आइतबार)देखि सम्भवतः ड्रप भयो भनेपनि सिनेमा ब्लकबस्टर हुनेछ । हामीसँगै दङ्ग छौं कसरी चल्यो भनेर ।’ दर्शकमध्ये ९० प्रतिशत तन्नेरी छन् । ‘न कुनै स्टार र न कुनै बिग बजेट सिनेमाले भव्य गरेको छ’ उनले भने । सार्वजनिक विदाको दिन शनिबार बलिउडमा कुनै सिनेमा रिलिज नहुँदा पनि यसलाई राहत पुग्यो ।

आमिर गौतम, विनिता बराल र राज घिमिरे स्टारर सिनेमालाई दीपेन्द्र के. खनालले निर्देशन र अर्जुन कुमारले निर्माण गरेका हुन् । पपगायक सविन राई सिनेमाका केमियो हुन् । बायोपिक सिनेमा यौन मनोविज्ञानमा आधारित छ ।

फिल्म हेर्न आएकालाई कुटपिट
शुक्रबार बिहान कलेज पोशाकमा ‘चपली हाइट’ हेर्न गोपिकृष्ण हल पुगेका दुई छात्रालाई अभिभावकले कुटपिट गरेका छन् । चलचित्र विकास बोर्डले अनुगमनका क्रममा यस्तो घटना भएको बताएको छ । फिल्म हेरेर फर्किदा गेटमा ढुकेर बसेका बाबुआमाले उनीहरूलाई कुटपिट गरेको बोर्डले जनाएको छ । छात्रको नाम गोप्य राखिएको छ । ‘यो मर्निङ सोको विकृति हो’ सदस्य नीलहरि काफ्लेले भने ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out