लुटको खुशिका दुई अप्रिय घटना

‘लुट’ले ५१ दिन सेलिव्रेट गरिरहँदा दुईवटा अप्रिय घटना भए । पहिलो –पानी ठानेर निर्देशकहरूले केमिकल पिएर गम्भिर । दोस्रो –पत्रकारमाथि हिरोइनको आक्रमण । भोजमा मिनेरल वाटर ठानेर केमिकल पिउँदा चारजना निर्देशकहरू बिरामी भएका छन् । रिजन केसी, दिनेश कार्की, दिनेश लिम्बु र दुर्गा नेम्वाङले झुक्किएर केमिकल पिएका हुन् । करिब २०० एमएल स्पिरिट पिएपछि नेम्वाङले रातभर बान्ता गरेका थिए ।
सबैको पेट पोलेपछि उपचारका लागि अस्पताल लगियो । बिहानसम्म नेम्वाङ बिरामी छन् भने अरु सामान्य ।
तनाव सिर्जिएपछि आर्मी अफिसर क्लवको क्यान्टिनका कर्मचारीले माफी मागेका छन् । ‘लुट’का निर्माताहरूले माफी माग्नुको सट्टा दुब्र्यवहार गरेको भन्दै निर्देशकहरू आक्रोशित भएका छन् । समाजका सदस्य कार्कीले निर्माताहरूविरुद्ध विरोधका कार्यक्रम घोषणा गर्ने बताए । आफूहरूलाई निर्माता नरेन्द्र महर्जनले धकेलेर गेट बाहिर छाडेको उनीहरूको आरोप छ । उनीहरू निर्देशक समाजको पासमा भित्र छिरेका थिए । तनावको अवस्था आएपछि सम्हालिएको थियो । निर्देशक मनोज पण्डितले सफलताको खुशिमा कसैमाथि अवहेलना गर्न नहुने बताए ।
हिरोइन पत्रकारमाथि जाइलागिन्
जमघटमै अर्को ताण्डव भयो । आफ्नो तस्विर खिचेको भन्दै अभिनेत्री निशा अधिकारी र भिजे सहाना बज्राचार्यले संचारकर्मी अनुप भट्टराईको क्यामेरा खोसे । फोटो खिच्ने अधिकार छैन भन्दै निशाले वेभ पोर्टल समेत बन्द गरिदिने धम्की दिइन् । उनको आडमा बसेकी भिजे सहाना बज्राचार्यले क्यामेरै खोसेकी थिइन् । निशा र सहानाको उक्त कार्य प्रेसमाथि प्रहारभन्दै चलचित्र पत्रकार संघलगायत चलचित्र सम्बद्ध व्यक्तित्वहरूले भत्र्सना गरेका छन् ।
तीव्र दवावपछि निशाले मंचमा उक्लिएर माफी मागेकी थिइन् ।उक्त घटनाप्रति ‘लुट’ निर्माता माधव वाग्लेले नै हात जोडेर माफी मागेका थिए । पत्रकारसँग माफी मगाउनुको सट्टा हिरोइन ऋचा शर्मा र हिरो रेमन श्रेष्ठले स्वयम निशा र सहानालाई लुकाउन मद्दत गरेका थिए । घटनालाई सबै संचारकर्मीले क्यामेरामा कैद गरेका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out