बुहारी बनाउने भन्दै बालिकामाथि बलत्कार

आफ्न भविष्यकी बुहारीमाथि यौन दुव्र्यवहार गर्ने कुरा सभ्य मानिसले कल्पना सम्म पनि गर्न सक्दैन । तर आखिर मान्छे यौनपिपाशु भएपछि कस्को के लाग्छ र ? भारतको महाराष्ट्रमा एक ४२ वर्षका पुरुषले आफ्नो छोरासँग बिहे गरिदिने भनेर लोभ्याउँदै एक १२ वर्षकी बालिकामाथि बलत्कार गरेका छन् ।
महाराष्ट्रको उरोहिदास नगरका बासिन्दा अब्दुल शैखले यस्तो आपराधिक कुकर्म गरेका हुन् । आफ्नो १५ वर्षे छोरा सँग ५ वर्षपछि ती बालिकाको बिहे गरिदिने भनेर बालिकाका बाबुआमासँग कुरा मिलाइसकेपछि अब्दुलले बालिकालाई छोरासँग भेटाउन भन्दै एक होटलमा लगी अस्मिता लुटेका थिए ।

स्कुल जान भनेर हिँडेकी बालिकालाई आफ्नो छोरासँग भेटाउने भन्दै उनले गेष्ट हाउसमा लगेका थिए । होटलमा बालिकालाई स्कुल पोशाकमा लग्दा अरुले सोधपुछ गर्न सक्ने आशंकामा उनले पहिले ती बालिकालाई बुर्का लगाउन भनेका थिए ।
बुर्का लगाएर होटलभित्र छिरेकी बालिकाले बुवा समानका ती पुरुषले आफुमाथि त्यस्तो अन्याय गर्ला भनेर सोँचेकी पनि थिइनन् । तर एक्कासी कोठामा लगेर धम्की दिँदै ती पुरुषले जबरजस्ती बलत्कार गरे । बलत्कार गरेपछि अब्दुलले ती बालिकालाई आफ्नै गाडिमा चढाएर घरमै लगेर छोडिदिएका थिए ।
बालिकाकी बहिनीले त्यस दिन दिदी स्कुल नगएको बताएपछि आमाले केरकार गर्दा उनले आफुलाई उक्त पुरुषले गरेको अत्याचारको खुलासा गरेकी हुन् । छोरीको भनाइका आधारमा उनकी आमाले प्रहरीमा उजुरी गरेपछि प्रहरीले अब्दुललाई पक्राउ गरेको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out