सिनेमा भर्डिक्ट : सडक र रक्षक फ्लप

नेपाली सिनेमाको बजार अर्थतन्त्र पछिल्लो तीन महिनामा अनपेक्षित देखिएको छ । सिनेमाका पण्डितहरू प्रक्षेपणमा सहि हुन छाडेका छन् । स्टारकास्ट धमाधम फ्लप र न्यू कमर धमाधम हिट –वर्तमानको यथार्थ यही हो । स्टारपावर र फेसभ्यालुको भ्रम टुट्न थालेको छ र त्यसलाई कन्टेन्ट र दर्शकीय मनोविज्ञानले रिप्लेस गर्न थालेको छ ।

जस्तै : पछिल्लो सातालाई हेरौं –‘चपली हाइट’को छलाङमा परम्परागत स्टारपावर भनिने रेखा थापा, राजेश हमाल र विराज भट्ट अभिनित दुई सिनेमा ‘सडक’ र ‘रक्षक’ रिलिज भएको पत्तो कतिपयले पाएनन् । स्टारकास्ट नभएको सिनेमा ‘चपली हाइट’ले तीन दिनमै ८४ लाख ग्रस कलेक्सन गर्‍यो । दुई दिनमै निर्माता सुरक्षित भैसके । ब्लकबस्टर ‘लुट’ समेत रिप्लेस भयो ।

‘सडक’ र ‘रक्षक’ले सप्ताहन्त (तीन दिन)मा टिकटको झ्यालमा कमजोर प्रदर्शन गरेका छन् । यी दुवै सिनेमा फ्लप भए । ‘सडक’ले ७ पर्दाबाट १२ लाख ग्रस कलेक्सन गर्‍यो । हरि बराल निर्मित सिनेमाले लगानी उठाउन डेढकरोड ग्रस गर्नुपर्छ । ‘रक्षक’ले तीन दिनमा ९ लाख ग्रस कलेक्सन गरेको उल्लेख गरिएको छ । यसले लगानी रिकभर गर्न १ करोडमाथि ग्रस गर्नुपर्छ । समग्रमा चैत ३ को रिलिज नयाँ र पुरानोबीचको युद्ध पनि हो ।

मल्टिप्लेक्स टार्गेट सिनेमा बनाउँछु
‘सडक’ राजधानीमा फ्लप भएपछि निर्माता हरि बरालले अब पुराना स्टारलाई लिएर सिनेमा नबनाउने घोषणा गरेका छन् । मेरोसिनेमालाई उनले अब नयाँपुस्ताका कलाकार र निर्देशकलाई लिएर मल्टिप्लेक्स लक्षित सिनेमा बनाउने बताए । बरालको अभिव्यक्तिलाई सिनेमाको परिवर्तित विम्वको रुपमा बुझ्न सकिन्छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out