मुम्बई, चैत ७ (एजेन्सी)-बलिउड अभिनेता जोन अब्राहमले सुटिङका क्रममा आफ्नो गोडा भाँच्न पुगेका छन्। घायल अब्राहम अहिले अस्पतालमा भर्ना छन्।
एउटा एक्सन चलचित्रको छायाँकनका क्रममा उनको गोडामा 'हेयरलाइन फ्रेक्चर' भएको बताइएको छ। उनी अस्पतालमा भर्नाभएपछि एक सातासम्मका लागि सुटिङ स्थगित गरेको चलचित्रका निर्देशक सञ्जय गुप्ताले बताए।
चाडो निको हुनका लागि जोनले आफूलाई केही समयसम्म सुटिङबाट पर राख्न पर्ने चिकित्सकहरूले बताएका छन्।
जोन यस अघि पनि आफ्नो चलचित्र फोर्सको छायाँकनका क्रममा घाइते भएका थिए।
De Goli (2017): Indian Pop MP3 Songs
4 months ago