प्रहरीमा गैर जिम्मेवारीपन बढ्यो, एआईजीलाई एसपीले नै टेरेनन्

काठमाडौं, फागुन २७ । राजनीतिक दबाबका कारण प्रहरीमा चेन अफ कमाण्ड कसरी कमजोर हुँदै गएको छ भन्ने कुरा महानगरीय प्रहरीमा देखिएको छ। उपत्यकाका केही प्रहरी अधिकारी राजनीतिक नेताहरुको आडमा आफूभन्दा माथिल्ला निकायका हाकिमलाई समेत टेर्न छाडेका छन्। यसको ज्वलन्त उदाहरण महानगरीय प्रहरी आयुक्तको कार्यालय र काठमाडौं परिसर हनुमानढोकामा देखिएको छ। स्रोतका अनुसार काठमाडौं परिसरका एसपी राजेन्द्र श्रेष्ठले पछिल्लो समयमा आयुक्त कुबेरसिंह रानालाई समेत टेर्न छाडेका छन्।
एसपी श्रेष्ठ गृहमन्त्री विजयकुमार गच्छेदारको सिधा पावरमा काठमाडौं परिसरमा सरुवा भएका अधिकारी हुन्। त्यसकारण घुख खादा पनि उनलाई कारबाही हुने गरेको छैन।  एआईजी राना आर्थिक मामिलामा निकै पारदर्शी व्यक्तिका रुपमा चिनिन्छन्। त्यसकारण धेरै राम्रा प्रहरी अधिकारीले उनलाई सम्मान गर्छन्।
तर एआईजी रानालाई छक्याउँदै एसपी श्रेष्ठले भने विभिन्न केसमा व्यक्तिहरुलाई समाउने पैसा लिएर छोड्ने गरेका छन्। त्यस विषयमा खबर पाएर अनुसन्धान थाल्दा पनि गृहमन्त्री गच्छादारले कारबाही नगर्नका लागि दबाब दिने गरेका छन्।
जसकारण उपत्यका प्रहरीको चेन अफ कमाण्ड बिग्रिएको छ। एआईजी र एसपी एउटा उदारण मात्र हो। यस्ता धेरै घटना महानगरीय प्रहरीमा छन्। जस्तो कि प्रहरी महानिरीक्षकका पीएका रुपमा काम गरेवापत कमलपोखरी प्रभागमा सरुवा भएका इन्सपेक्टर किरणजंग कुँवरलाई पनि हिरासतबाट थुनुवा भाग्दा कारबाही भएन। दरबारमार्गका इन्सपेक्टर तपन दाहाल पनि गच्छादारकै पावरमा सरुवा भएका व्यक्ति हुन्। उनी असई रमेश श्रेष्ठलाई परिचालन गरी मासिक ५ लाख उठाइरहेका छन्। सोह्रखुट्टे प्रभागका इन्सपेक्टर तिलक भारती बाबुराम भट्टराईको सिधा सोर्सफोर्समा सरुवा भएका थिए। यसरी उच्च राजनीतिक पावरमा सरुवा भएकाले उनीहरुले पनि आफूभन्दा माथिका हाकिमलाई नटेर्ने गरेको स्रोत बताउँछ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out