खुलामञ्चमा ओलीका चु्ट्का

२१ फागुन, काठमाडौं । नेकपा एमालेका प्रभावशाली नेता शर्मा ओली कुनै सभासमारोहमा बोल्दा धेरैको ध्यान उहाँतर्फ आकषिर्त हुन्छ । भाषण गर्दा केही न केही तुक्का जोड्ने कलाले धेरैलाई उहाँप्रति आकर्षण बढाएको हो । राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको उद्घाटन समारोहमो विशाल पंक्ति अगाडि उभिँदा पनि ओलीले दुईचारवटा तुक्का गाँस्न भ्याउनुभयो । माओवादीको कटाक्षमा समय खर्चेका ओलीले आफ्नो लामो भाषणको क्रममा मिसाएका केही तुक्का यस्तो थियो:
· माओवादीले उत्ताउलो र उग्रव्यवहार मच्चाउँदै गएको छ । बाँदरलाई खेताला लगाएर कसैले पनि मकैको कुन्यु खडा गनै सक्दैन ।

· सरकार इतिहासकै सबैभन्दा भ्रष्ट, नालायक र अयोग्य भएको छ । अपराधीसँग कुम छोडेर हिंड्छ, तर उसलाई चिन्दैन । यो सरकार भ्रष्टाचार कहाँ गर्न पाइन्छ भन्दै सुंघ्दै हिंडेको छ ।
· पहिले माओवादीले भोट माग्ने क्रममा सुकुम्बासीलाई खोला किनारामा बस्न लगायो, अहिले उनीहरुसितै दादागिरी गर्दैछ ।
· ग्यासमा ध्यान छैन, पैसा सोहर्नै ध्याउन्न छ । विदेशी प्रभुलाई गुहार्न नै हैरान छन् । अब सजिलैसँग ग्यास पाउन दिन ल्याउन र अलिकति भनेपनि भ्रष्टाचार कम गर्न यो सरकार फेर्नुपर्छ ।
· कोही १० वर्ष काम गर्यो भने उसले छोराछोरीलाई साईकल पनि किन्न सक्दैन । १० वर्ष लडेका माओवादी नेताहरुले महल र पजेरो जोड्न सके । फाईदाको बिजनेस रैछ उनीहरुले भन्ने गरेको जनयुद्ध त ।
· १० वर्ष महान जनयुद्ध हाँकेपछि माओवादी नेताहरु टावर निर्माण गर्ने, पजेरोको सयर गर्ने हाकिम र नमस्ते गर्दा पनि नदेख्ने कामरेड भएका छन् ।
· माओवादीले अहिले पनि हैन र नत्रको भाषा बोलिरहेको छ । यस्तो हैन र नत्र आफ्नै गुरिल्लालाई भने हुन्छ, तिनले पनि पत्याउँदैनन् । अनि माओवादीले चिसै पानीले नुहाउँछ ।
· विष्णु शेष शैयामा सुतेको बेला उनको कानबाट निस्केका मधु र कैटभले उत्पात मच्चाउँछन् । तर बिष्णु जागेपछि ती चुप लाग्छन् । अहिलेसम्म एमाले शैयामा सुतेको जस्तो गरेको हो । अब सुतेको जस्तो गरेको एमाले शेष शैयाबाट बिउँझिएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out