सेक्स गर्न नपाएको झोँकमा झिँगाले पनि रक्सी खान्छ

मान्छेले तनाव भगाउनका लागि समेत मादक पदार्थ सेवन गर्ने गर्छन् र कहिलेकाहीँ आफ्नो पार्टनरबाट पर्याप्त यौन सन्तुष्टी पाउन नसकेको पीडालाई दबाउन समेत सोमरसको सहारा लिने गर्छन् ।

पीडालाई भुल्न सोमरसको सहारा लिने बानी धेरै मान्छेको हुन्छ । तर एक अध्ययनले सेक्स बाट पूर्ण सन्तुष्टी नपाएका झिँगाले समेत रक्सी सेवन गर्ने तथ्य पत्ता लगाएको छ ।

अमेरिकी वैज्ञानिकहरुले गरेको पछिल्लो अध्ययनका अनुसार आफ्नी पार्टनरले यौनसुख दिन नसकेमा भाले झिँगा रक्सी खाएर लटि्ठने गर्छ । तर पोथीसँग मज्जाले सेक्स सन्तुष्टी पाउने भाले झिँगा रक्सीबाट टाढै रहने वैज्ञानिकहरुको निष्कर्ष छ ।

अमेरिकाको भर्जिनियास्थित हार्वड मेडिकल इन्स्िटच्युटका वैज्ञानिकहरुले गरेको अनुसन्धानका अनुसार रक्सीले भाले झिँगामा उत्प्रेरकको काम गर्दछ । भाले झिँगा रक्सीले मात्तिएपछि ऊ प्रति पोथी झिँगा बढि आकषिर्त हुने र भाले झिँगा समेत पोथीलाई आकषिर्त गर्न बढि खप्पिस हुने गरेको वैज्ञानिकहरु बताउँछन् । भाले झिँगाको मस्तिष्कमा पाइने न्यूरोपेप्टाइड एफ नामको रसायनका कारण यौनको भोकले सताइएका बेला ऊ मद्यमान तर्फ लाग्ने वैज्ञानिकहरुले बताएका छन् । झिँगाको मस्तिष्कमा पाइने यो रसायन मानिसको मस्तिष्कमा पाइने न्युरो पेप्टाइड वाइ जस्तै भएकाले यौन र सोमरसको विषय मानिस र झिँगामा लगभग मिल्न गएको हो ।

झिँगाले मान्छेले जस्तो बजारबाट बोतल किनेर रक्सी खाने कुरो आएन । विभिन्न प्रकारका फूलका रस, अल्कोहलजन्य पदार्थ तथा मान्छेले रक्सी खाएर फ्याँकेका भाँडाकुँडामा झुम्मिएर झिँगाले अल्कोहल सेवन गर्ने गर्छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out