विनिता नम्बर वान : रेखा थापा

‘चपली हाइट’को रिलिजपछि विनिता बराल रेखा थापाकी अर्को संस्करण भएको विश्लेषण भैरहँदा कुनै बेलाकी हट् हिरोइन रेखा थापाले विनितालाई नम्बर वान भनेकी छिन् । ‘चपली हाइट’ हेरिसकेपछि मेरोसिनेमा सम्पादक प्रकाश सुवेदीसँग कुरा गर्दै रेखाले विनितालाई नम्बर वान हिरोइनको पगरी गुथाइदिइन् । नयाँ हिरोइनहरूमध्ये विनिता फस्ट भएको रेखाको ठम्याइ छ । रेखाले भनिन्, –‘न्यू कमरहरू अरु सबै फ्लप, विनिता नम्बर वान ।’

विनिताले रेखालाई रिप्लेस गरेको विश्लेषण समाचार मेरोसिनेमाले गतसाता लेखेको थियो । ‘केटीले बबाल गरेकी रहिछे’ रेखाले भनिन्, ‘चपली हाइटमा उसको काम एकदमै मनपर्‍यो । न्यू कमरका अरु हिरोइन केही होइनन् । विनिता नम्बर वान हो ।’ सिनेमाभित्र यौन अंग प्रदर्शनमा उदारता देखाएकोप्रति रेखाले प्रशंसा गरिन् । रेखाको अपकमिङ प्रोजेक्ट ‘रावण’का निर्देशक कमलकृष्णले पनि विनिताको काम ज्यादै राम्रो भन्दै मेरोसिनेमालाई फोन गरेका थिए ।

समिक्षकहरूले विनिता बराललाई रेखा थापाकी अर्को संस्करण भनेर ब्याख्या गर्न थालिसकेका छन् । समिक्षक मनोज पण्डितले विनिता आधुनिक रेखा थापा भएको बताए । ‘यो ज्यादै सोचनिय र चिन्ताको विषय हो कि विनिता रेखा थापाकी अर्की संस्करण भइन्’ उनले भने । रेखा थापा सिंगल थिएटर एस्थेटिक भ्यालु दर्शककी हट् हिरोइन हुन् । तर, विनिताले मल्टिप्लेक्स र सिंगल थिएटर दुवै एस्थेटिक दर्शकलाई स्टार्ट गरेर छाडिदिइन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out