मल्लिका सेरावत भन्छिन्- सेन्सर क्यान्सर हो

मुम्बई, चैत ९ (एजेन्सी)- बलिउडकी हट अभिनेत्री मल्लिका सेरावत फेरि एक पटक चर्चामा आएकी छिन्। तर यस पटक उनी कुनै चलचित्रमा चुम्बन दृश्य दिएर चर्चित भएकी भने होइनन्। यस पटक उनको भनाइले उनलाई चर्चामा ल्याएको छ। मल्लिकाले भारतीय सेन्सर बोर्डलाई क्यान्सर जस्तै नराम्रो भएको बताएकी छिन्।
टि्वटरमा मल्लिकालाई पछ्याइरहेका एक जनाले सोधे-तपाँइ सेन्सरलाई बन्द गराउन चाहनु हुन्छ? जवाफमा मल्लिककाले लेखिन-सेन्सर समाजका लागि क्यान्सर हो।

उनले बलिउडका धेरैजसो चलचित्र वेलायतमा कुनै उमेर प्रतिबन्ध विना देखाइने गरिन्छ। हुनत सेन्सर बोर्ड अफ फिल्म सर्टिफिकेसनकी प्रमुख लिला सेमसनले यसलाई मल्लिकाको व्यक्तिगत राय बताएकी छिन्।
'मल्लिका राम्री अभिनेत्री हुन र उनलाई आफ्नो विचार राख्ने अधिकार छ।' उनले भनिन्।

उता बलिउडसँग जोडिएका कतिपय व्यक्ति यस विषयमा मल्लिकाको पक्षमा उभिएका छन्। चलचित्र निर्माता प्रितिस नन्दीले सबै स्वतन्त्र भएको बताए। 'स्वतन्त्रता र समानता विना लोकतन्त्र हुन सक्दैन। सेन्सरसिप कुनै पनि लोकतन्त्रमा एउटा दाग हो।'

निर्माता-निर्देशक महेश भट्टका अनुसार मल्लिका मानव सोँचमाथि लगाइने सेन्सरलाई क्यान्सरजस्तै मान्छिन्।
उता अभिनेत्री गुल पनागले शिक्षित, जागरुक समाजमा सेन्सरसिप कम हुनु पर्ने बताइन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out