ठगी माध्यम बन्दैछ ढुकुटी

काठमाडौ, चैत्र ९ - नेपाल प्रहरीका एक डिआइजी केही दिनअघि काठमाडौं प्रहरी कार्यालय पुगे । उनका नजिकका नातेदार ढुकुटी खेलमा फसेर १ करोड रुपैयाँभन्दा बढी रकम डुबाएपछि अनुसन्धानको आग्रह गर्दै उनी त्यहाँ पुगेका थिए ।
उनका नातेदार २२ जनाको समूह बनाएर एक वर्षदेखि सिनामंगलमा ढुकुटीमा संलग्न थिए । ढुकुटीको पैसा लिने अन्तिम पालोमा रहेका उनका नातेदारभन्दा अघिका व्यक्तिले सबै पैसा लिएर भागेपछि ११ महिनादेखि जम्मा गरेको उनको एक करोड रुपैयाँ भविष्य अनिश्चित बनेको छ ।
तिनले ढुकुटीमा रकम बुझाउन घर बैंकमा धितो राखेका थिए । यतिखेर उनी पैसा लिएर भाग्ने मान्छे खोज्दै हैरान छन् । 'विश्वास हुँदा राम्ररी खेलिने ढुकुटीमा पैसा लिएर भाग्दा समस्या परेको छ,' ती व्यक्तिले भने 'राजधानीमा  ढुकुटीले धेरैको घरबार बिगारेको छ ।'
ढुकुटीको समस्यालाई लिएर प्रधामन्त्री बाबुराम भट्टराईको समेत ध्यानाकर्षण गराइएको थियो । प्रधानमन्त्रीको निजी सचिवालयमा पत्राचार गर्दै ढुकुटीको गिरोहलाई अन्त्य गर्न पत्राचार गरिएको थियो । नागरिक समाजका तर्फबाट पत्राचार गर्दै ढुकुटीले घरबार उठाएको गुनासो गरेका छन् । उनीहरुले ढुकुटीको लेनदेनलाई अन्य कागजमा परिणत गराएर गुन्डा लगाउँदै धम्क्याएको आरोप लगाएका छन् ।
प्रधानमन्त्रीको निजी सचिवालयले त्यसलाई अर्थ मन्त्रालय पठाएको थियो । अर्थले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । धेरै ब्याजको लालचमा ढुकुटी खेल्नेहरू दिनहुँ जसो प्रहरी कार्यालयमा उजुरी गरिरहेका छन् । ढुकुटीको ऐनमा मुद्दा चलाउन नमिल्ने भएका कारण बैंकको चेक बनाएर त्यो बाउन्स भएपछि बैंकिङ कसुरमा मुद्दा दायर भइरहेको छ ।

बिना कागज खेलिने भएका कारण पनि ढुकुटीमा पैसा डुब्ने सम्भावना बढिरहन्छ । ढुकुटी कै कारण आइतबार महानगरीय प्रहरी वृत्त कलिमाटीमा आत्महत्या गरेकी थुनुवा भवानी लामाले पनि बिनाकागज धेरै लेनदेन गरेकी थिइन् । आफूले पैसा दिएका व्यक्तिसँग पनि कागज गरिनन् । लिएकासँग पनि नगर्दा उनले लिनु र तिर्नु पर्ने रकम करोडौं भयो ।
प्रहरीले पक्राउ गर्नुअघि पैसा तिर्न नसकेर तामाङ भागेको अवस्थामा उनका ऋणीहरूले डेरामा आएर श्रीमान् र छोरीलाई कागज गराएका थिए । उनलाई पैसा दिएका श्याम गिरीले बिनाकागज पैसा उठ्ने सम्भावना नदेखेपछि छोरी र श्रीमान्लाई धम्क्याएर जबरजस्ती कागज गराएका थिए । केही दिनअघि हनुमानढोका प्रहरी कार्यालयको पछाडिपट्टकिो एक रेस्टुरेन्टमा ढुकुटीका कारण झन्डै गोली चल्यो । १५ लाख रुपैयाँ लेनदेनको विषयमा कुरो नमिल्दा एक व्यक्तिले पेस्तोल ताके । अर्को पक्ष भागेका कारण दुर्घटना भने हुन पाएन ।
आर्थिक संकट टार्न वा समूहमा बसेर काम गर्न खेलाइने ढुकुटी ठगी गर्ने ठूलो पेसाको रूपमा अघि बढेको छ । प्रहरीका अनुसार एउटा ठूलै समूह ढुकुटी खेलाएर नाफा खाने वा भाग्ने कार्यमा सक्रिय देखिएको छ । प्रहरीका अनुसार पछिल्लो समय ढुकुटीका नाममा ठगी गर्नेहरूको संख्या ह्वात्तै बढेको छ । राजधानीमा अचेल ढुकुटी खेलाउने नाममा ठगी बढेको प्रहरीले जनाएको छ । ढुकुटी खेल्नु गैरकानुनी भएकाले धेरै पीडितले चेक बाउन्स वा आर्थिक लेनदेनको कागज बनाएर उजुरी हाल्ने गरेका छन् ।
'पैसा लगेर तिरेन भन्दै आउँछन्, बाउन्स भएको चेक देखाउँछन्,' काठमाडौं परिसरका प्रवक्ता डिएसपी धीरजप्रताप सिंहले भने, 'अनुसन्धान थाल्दा त्यो त ढुकुटीमा गएर टुंगिन्छ ।' काठमाडौं परिसरबाहेक प्रहरीका ५ वटै वृत्तमा ढुकुटी खेलेर ठगिएका उजुरी दिनहुँ पर्ने गरेका छन् । बालाजु, महाराजगन्ज, बानेश्वर, कालिमाटी लगायतका स्थानमा ढुकुटी खेल्नेहरूको संख्या बढी छ । घर-जग्गा धितोमा

रकम लिएकाहरू सबैभन्दा बढी मारमा छन् ।
ढुकुटीका गफ र कारोबार धेरैजसो रेस्टुरेन्टमा हुन्छ । ठूलो सहभागिता र खानपिनमा बढी खर्च गर्नेहरूको समूह महँगा रेस्टुरेन्ट 'रिजर्भ' गरेरै ढुकुटी खेल्छन् । प्रधानमन्त्रीको निजी सचिवालयमा पठाइएको पत्रमा स्वयम्भू भगवान पाउ क्षेत्र, सीतापाइला चोक, बालाजु, सोह्र खुट्टे भान्जाको सेकुवा, बानेश्वर आसपासका क्षेत्रमा ढुकुटीको कारोबार हुने गरेको उल्लेख गरेका छन् । उनीहरूले ढुकुटी सञ्चालक २१ जनाको नाम र मोबाइल
नम्बर राखेर पत्राचार गरेका छन् । तीमध्ये १९ जना महिला छन् । ढुकुटी खेल्ने र खेलाउने धेरै जसो महिलाहरू नै देखिएका छन् ।
गृहिणीका रूपमा काम गर्ने महिलाहरु टोल/टोलमा ढुकुटी खेल्ने गर्छन् । उनीहरूलाई छिमेकका साथीले प्रभावमा पारेर चाँडै र सजिलै धेरै पैसा आउने लालच देखाउँछन् । सरकारी कर्मचारी, नेपाली सेना, र प्रहरीकै उच्च अधिकृतका श्रीमतीहरू ढुुकुटी खेल्ने गरेका छन् । श्रीमान् बिदेसिएका र छोरा-छोरी पढाउँदै सहर बसेको महिला समेत यस्तो खेलमा छन् । प्रहरीका अनुसार व्यावसायिक रूपमा ढुकुटी खेलाउने समूहले मासिक ५ लाखदेखि ३० लाख रुपैयाँ रकमको ढुकुटी खेलाउँछन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out