प्रेमको आयु हार्मोनले निर्धारण

तपाईं कसैसँग प्रेममा हुनुहुन्छ र त्यसको आयुबारे चिन्तित हुनुहुन्छ भने, तपाईंलाई यो खबर उपयोगी हुन सक्छ ।

प्रेमको आयु वास्तवमा तपाईं र पार्टनरको हार्मोनले निर्धारण गर्छ । अर्थात्, तपाईंको मायाप्रीति कति समयसम्म टिक्छ भन्ने कुराको निर्धारण मुटुले नभई लभ हार्मोनले गर्ने गर्छ ।

इजराइलको बार इलान विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययन अनुसार, रगतमा भएको अक्सिटोसिन अर्थात् लभ हार्मोनको स्तर परीक्षणले माया कति दिनसम्म चल्छ भन्ने जानकारी दिन्छ । जुन जोडीको रगतमा अक्सिटोसिनको मात्रा बढी हुन्छ, उनीहरूको सम्बन्ध समेत धेरै दिनसम्म चल्छ । रगतमा अक्सिटोसिनको मात्रा कम भएका जोडीको सम्बन्ध भने कम समयमै टुक्रिन्छ ।

यो अध्ययन अन्तर्गत अनुसन्धानकर्ताहरूले भरखरै सम्बन्ध सुरु गरेका जोडीहरूको रगत नमुना परीक्षण गरेर अक्सिटोसिनको मात्रा विश्लेषण गरेका थिए । अनुसन्धानकर्ताहरूले ६ महिनापछि फेरि सबै जोडीको रगतमा अक्सिटोसिनको मात्रा परीक्षण गरे ।

अध्ययन परिणाममा देखिए अनुसार, जुन जोडीको रगतमा अक्सिटोसिनको मात्रा बढी थियो उनीहरू आफ्नो सम्बन्ध कायम राख्न इच्छुक थिए । तर जुन जोडीको अक्सिटोसिनको मात्रामा कमी देखिएको थियो, उनीहरूको सम्बन्ध टुट्ने स्थितिमा पुगिसकेको थियो । यसैले, अब उसो कसैसँग दीर्घकालीन सम्बन्ध जोड्नु छ भने यस्तै परीक्षण गराउने हो कि ?

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out