मस्ट वान्टेड नै डीएसपीका घुमुवा

काठमाडौं । राजधानी र त्यस आसपासका जिल्लाहरूमा हप्ता असुली, गुण्डागर्दी र अपहरण जस्ता जघन्य अपराधमा संलग्न रमेश पौडेल उर्फ रमेश बाहुन महननगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी आभूषण तिमिल्सिनाको संरक्षणमा रहेको रहस्य खुलेको छ। अघोषित प्रेमिका तथा अवैध ढुकुटी सञ्चालिका अञ्जना प्रधानको सुरक्षाका लागि भन्दै डिएसपी तिमिल्सिनाले कथित डन रमेश बाहुनको इशारामा चल्ने भक्तपुरे टोले गुण्डा प्रदिप भन्नेलाई खटाएपछि यो रहस्य उजागर भएको हो। प्रहरीको मोष्ट वान्टेड सूचिमा रहेका रमेश बाहुन माओवादीको जनयुद्धताका नेपाली सेनाका भगौडा सिपाही हुन भने प्रहरीले उनलाई फरार रहेको भन्दै पक्राउ गर्न सकेको छैन।
मैतिदेवीमा अवैध ढुकुटी सञ्चालन गरी दर्जनौलाई ठग्दै आएकी मुना श्रेष्ठलाई अञ्जनाले प्रदिप भन्ने बाहुनको केटालाई एक हप्ताअघि चिनाएकी थिइन्। स्रोत भन्छ–'अञ्जनाले प्रदिपलाई आफ्नो सुरक्षाको लागि खटाएको भन्दै मुनालाई चिनाएकी हुन्।' मुनाले पनि मेरो सुरक्षाका लागि डिएसपीले नै गुण्डाहरूलाई खटाएकाले केही नहुने भन्दै प्रदिपलाई ढुकुटीको रकम उठाउन प्रयोग गर्न थालेकी छिन्। तर डीएसपी तिमिल्सिनाले भने प्रदिप भन्ने भक्तपुरे टोले गुण्डालाई आफ्ना घुमुवा प्रहरी हो भन्दै हिड्ने गरेका छन्। अञ्जनाले दर्जनौंको करोडौं रकम तिर्न बाँकी रहेका कारणउनलाई डिएसपी तिमिल्सिनाले संरक्षण दिइरहेका हुन्।  अञ्जनाले उषा अग्रवाल, श्यामभक्त श्रेष्ठ, सुमन सिंह, यशोदा लामालगायत दर्जनौंको करोडौं रुपैयां नतिरी फरार छिन्।  तर डीएसपी तिमिल्सिना र रमेश बाहुन जस्ता कथित गुण्डाका कारण  दर्जनौं पीडितहरूले 'आत्महत्या' गर्न सक्ने संभावना बढेर गएको छ। यतिबेला डीएसपी तिमिल्सिनासँग नजिकिएकी अन्जनाले सुरुमा प्रकाश महत नाम गरेका व्यक्तिलाई पनि कान्छो बनाएर राखेकी थिइन्। स्वयम्भू सितापाइला बस्ने अन्जनाले उनलाई एकपटक पोखरातिर पनि बोकेर गएकी थिइन्। जोसँग शक्ति र पैसा छ त्यसैलाई च्यापेर हिड्ने अन्जनाले दर्जनौलाई ढुकुटी खेलाएर घरबारविहिन बनाएकी छिन्।

अन्जनाले ढुकुटीबाट उठाएको अबैध रकमले बालाजुस्थित ढुङ्गे धारामा ६ करोड मुल्य बराबरको पैतिस आना जग्गा किन्न सफल भएकी छिन्। उक्त जग्गाका बारेमा पिडितहरूले खोजि गर्न थालेपछि अन्जनाले डीएसपी तिमिल्सिना र बद्धनगर बस्ने बाबु श्रेष्ठ नाम गरेका जग्गा दलालका नाममा उक्त जग्गा नामसारी गर्ने तयारी गरेको उनी निकट स्रोतले बतायो। स्मरणीय छ, तिनै बाबु श्रेष्ठले डीएसपी तिमिल्सिनालाई बुद्धनगरको विशाल बङगला मिलाएका थिए। 

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out