कुकुरलाई साथी बनाए तनाव घट्छ

पछिल्लोपटक गरिएको एक अध्ययनले घरमा पालिएको कुकुरलाई आफ्नो कार्यक्षेत्रमा लगेर गएमा मानिसमा तनाव कम हुने र जागिरमा सन्तुष्टि बढि प्राप्त हुने देखाएको छ ।

अमेरिकी अध्ययनकर्ताहरुले गरेको अध्ययनले यस्तो देखाएको हो । कार्यक्षेत्रको स्वास्थ्य व्यवस्थापन नामक अन्तराष्ट्रिय म्यागेजिनमा छापिएको अध्ययन प्रतिवेदनका अनुसार आफ्नो पाल्तु कुकुरलाई कार्यालयमा लगेर जाने कर्मचारीमा मनोबल उच्च हुने तथा तनावको मात्रा कम हुने गर्छ ।
चाहे कार्यालयमा लगिएको कुकुर आफ्नो कार्यकक्षमा होस् वा त्यसलाई कार्यालयको कुनै ठाउामा बााधेर राखिएको होस् कर्मचारीमा स्वतः तनावको मात्र कम हुने र मनोबल उच्च हुने गरेको पाइएको अध्ययनकर्ताहरुको निष्कर्ष छ ।

भर्जिनिया युनिभर्सिटीका शोधकर्ताहरुले गरेको अध्ययनका क्रममा एक उत्पादन कम्पनीका कामदारको परीक्षण गरिएको थियो । पाल्तु जनावरलाई कार्यक्षेत्रमा ल्याउन दिने उक्त कम्पनीका कामदारमध्ये कुकुर साथमा नल्याउने कामदारमा तनावको मात्रा कुकुर लिएर आउने कामदारमा भन्दा बढि देखियो ।

झण्डै एक साता सम्म गरिएको अध्ययनका क्रममा पहिले कुकुर नल्याउने कामदारलाई पनि कुकुर ल्याउन आग्रह गरियो र त्यसपछि उनीहरुमा तनावको मात्रा जााच गरियो । कुकुर साथमा ल्याउन थालेपछि उनीहरुमा जागिरप्रतिको सन्तुष्टि बढेको, तनावको मात्रा घटेको तथा कम्पनी र कामप्रति प्रतिबद्धता बढेको पाइएको शोधकर्ताहरुको दाबी छ । एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out