जिस्म ३ खेल्ने बिनिताको चाहना

चलचित्र चपली हाईटलाई भारतीय टेलिभिजनले प्रदर्शनका लागि किनेपछि नायिका बिनिता बराल उत्साहित बनेकी छिन् । उनै नायिकाले अब जिस्म ३ सिनेमा खेल्ने ईच्छा समेत राखेकी छिन् । उत्साहित बिनिताले भनिन् -’भारतीय टेलिभिजनमा यो सिनेमा आएपछि महेश भट्टको प्रस्ताव कतै आउने त होईन ?’

बिनितालाई भारतीय सिनेमामा अभिनय गर्ने धोको रहेको छ । तपाईंलाई जिस्म ३ मा प्रस्ताव आयो भने गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भनिन् -’अवश्य पनि गर्छु नि, किन नगर्नु ?’ विपाशा बशुले अभिनय गरेको सिक्वेलमा विश्वचर्चित पोर्नस्टार सन्नि लियोनले अभिनय गरीरहेकी छिन् । सन्नि लियोनले अभिनय गरेपछि जिस्म २ को चर्चा पनि चुलिएको छ । सन्नि लियोनले भन्दा पनि हट सिन दिनु पर्यो नि त भन्ने हाम्रो प्रश्नमा बिनिताले भनिन् -’भारतीय सरकारले नै रोक लगाउने खालको सिन त सिनेमामा नै राख्न मिल्दैन । तर, जिस्म ३ मा अभिनय गर्न पाउने हो भने म टु पिसलाई सामान्य रुपमा लिन्छु ।’

उनले महेश भट्टले यो सिनेमाका लागि प्रस्ताव गरे आफुले कुनै कसर बााकी नराखी काम गर्ने बताएकी छिन् । बिनिताको यो कुरा सुन्दा लाग्छ उनी जस्तोसुकै हट सिनेमा दिन पनि तयार छिन् । यतिमात्र होईन बिनिता अव बलिउड सिनेमाका लागि ढोका खोलिने कुरामा पनि आशावादी रहेकी छिन् ।

यसरी चलचित्र चपली हाईटबाट नै चर्चा कमाएकी बिनिता अव भारतीय सिनेमा खेल्ने सपना देखिरहेकी छिन् जहाा एकदमै हट सिन दिन सम्म उनी पछि नपर्ने देखिन्छ । चपली हाईटमा पनि बिनिताले हट र बेड सिन दिएकी छिन् । हेरौं बिनिताको यो सपना विपनामा पूरा हुने हो या होईन । आखिर नेपाली सिनेमाका कलाकारले बलिउडको सपना देखेको यो पहिलो भने होईन । यसभन्दा अघि पनि बलिउडका सपना देखेर धेरै कलाकार उतातर्फ गईसकेका छन् । तर सफल भने मनिषा कोईराला मात्र भएको देखिन्छ । बिनितालाई महेश भट्टको प्रस्ताव आओस्, हाम्रो शुभकामना ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out