सेक्स सिन नहटाएपछि शशीलाई टेन्सन्

नेपाल चलचित्रका निर्माता, निर्देशक र नायिका बिच हुने विवाद प्राय चलचित्रमा भएको सिन कै विषयमा हुन्छ । किस सिन होस् या बेड सिन आखिर सेक्सकै मामिलामा लफडा हुने गर्दछ । चलचित्रलाई चर्चामा ल्याउन गरिएको होस् या त्यो साँचिकै असन्टुष्टीको कारणले भएको हो तर विवादले पुरै चलचित्र उधोगलाई नै तताउने गरेको छ ।
यति बेला निर्देशक राजु गिरी र नायिका शशी खड्का बिचमा पनि यस्तै विषयमा ठुलै विवाद भएको छ । रिलिजको तयारीमा रहेको चलचित्र चन्द्रावतीमा समावेस गरिएको एउटा सिनका कारण निर्देशक गिरी र नायिका खड्का बिच पानी बाराबारको स्थिती आएको हो । राजकुमारीको भुमीकामा रहेकी शशी र सेनापतिको भुमीकामा रहेका आयुष रिजाल बिच जङगलको बाटो हुँदै कतै जाने क्रममा बाटोमा राजकुमारीमा सेक्स डिजायर बढे पछि उनिहरुले सम्बन्ध राख्छन् । उक्त सिनलाई चलचित्रमा समाबेस गरिएको भन्दै शशीले आपत्ती जनाएकी छिन् । उक्त सिनका कारण आफ्नो जिवनमा नराम्रो असर पार्ने भन्दै शशीले  हटाउन आग्रह गर्दा निर्देशक गिरीले  सिन हटाउन नमाने पछि  उनिहरु विच विवाद भएको हो । शशीले त्यो सिन चलचित्रबाट नहटाईए जस्तो सुकै एक्सन लिन सक्ने चेतावनी दिएकी छिन् ।

पोखराको विग एफएममा अन्तरबार्ता दिँदै शशीले भनिन्– 'सम्पादनको बेला मेरो ईच्छा अनुसार त्यो सिन राख्ने भन्ने सहमतिमा मैले त्यो दृष्य दिएकी थिएँ अहिले मलाई मैले त्यो सिन नराख्न आग्रह गर्दा उहाँले मान्नु भएको छैन । यदि त्यो सिन हटाईएन भने मैले उहाँलाई जस्तो पनि एक्सन लिन सक्छु ।'

निर्देशक गिरीले भने स्कृप्टमै उक्त दृश्य भएको र एग्रीमेन्ट गर्ने बेलामा नै शशीलाई यस्तो दृष्य छ भनेर जानकारी दिएको र सिनेमा खेल्न शशीले सहमति जनाए पछि ६० हजारमा एग्रीमेन्ट गरी छायाङकन गरेकाले उक्त सिन कुनै हालतमा नहटाउने बताए । गिरी भन्छन्, 'यस्तो सिन छ भनेर मैले एग्रीमेन्ट गर्न भन्दा पहिला नै जानकारी दिएको थिएँ र उहाँले हुन्छ गर्छु भने पछि मैले  ६० हजारमा उहाँलाई लिएकाले त्यै अनुसार सुटिङ पनि गराएको हुँ । तर अहिले आएर उहाँले त्यो सिन हटाउन भन्दै मेरो विरुद्ध मुद्धा हाल्नु भएको छ । बरु म मर्छु तर मैले कुनै पनि हालतमा त्यो सिन हटाउँदिन ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out