हरर सिनेमा खिच्न बेलायतबाट

बेलायती कम्पनी एक्सक्लुसिभ मिडियाले रहस्यमय हिम मानव (यति)बारे नेपालमा सिनेमा निर्माण गर्नेभएको छ । हालै रिलिज भएको हरर चलचित्र ‘द वुमन इन ब्लाक’ निर्माण कम्पनी एक्सक्लुसिभ अन्तर्गतको ह्यामर लेभलले नेपालका हिमाली क्षेत्रमा सिनेमा छायांकन गर्ने समाचार एजेन्सीले लेखेका छन् । सिनेमालाई ‘द एवोमाइनेवल स्नोम्यान’ नाम दिइएको छ ।

सन् १९५५ को बीबीसी टेलिभिजन नाटक ‘द क्रिएचर’मा आधारित रहेर उक्त नाममा सन् १९५७ मा व्रिटिस हरर फिल्म पनि बनेको छ जसलाई भल गेस्टले निर्देशन गरेका छन् । ‘द एवोमाइनेवल स्नोम्यान’ प्रोजेक्ट सुरु गर्न लागेको ह्यामर फिल्मसले धौलागिरि हिमाल आसपास सेट खडा गरेर छायांकन गर्ने बताइएको छ । यसबारे नेपाली सिनेमा ‘यतिको खोजीमा’ पनि बनेको थियो । ह्यामरको यो सिनेमालाई ‘द क्रिएचर’को सिक्वेल भनिएपनि निर्माण कम्पनीले यसको खण्डन गरेको छ ।

‘हामीले नेपालमा सेट खडा गर्दैछौं र साथै अमेरिकामा ‘बोनसेकर’ फिल्मांकनका लागि प्रोजेक्ट थाल्दैछौं’ प्रमुख ओक्सले भने, ‘हाम्रो ब्रान्डलाई विश्वसनिय र दिगो बनाउनका लागि पनि हामीले बेलायतमा वर्षेनी एकदुई सिनेमा बनाउनु आवश्यक र महत्वपूर्ण छ ।’ नेपाली रहस्यमय यतिको खोजमा जापानी र बेलायती फिल्ममेकरले डकुमेन्ट्री निर्माण गरेका छन् ।

हरर सिनेमा निर्माणमा प्रसिद्ध ह्यामर फिल्मको ‘द वुमन इन ब्लाक’ले विश्वब्यापी १११ मिलियन अमेरिकी डलर ग्रस कलेक्सन गरेको छ । कम्पनीले सन् १०७० मा बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा भएको एक वास्तविक घटनामा आधारित रहेर सिनेमा ‘द क्वाइट वोन्स’ निर्माणको घोषणा गरेको छ । मानवशाष्त्री र अनुसन्धानकर्ताबीचमा नेपालको यति (हिममानव) चर्चा र रहस्यको विषय बनिरहेको छ तर, प्राणीशाष्त्रीहरू भने यसलाई भ्रम भएको बताउँदै आएका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out