नायक बिनाको सेक्सी सिनेमा ‘एटिएम’

नेपाली सिनेमाका निर्माता तथा निर्देशकहरुले अहिले आफ्नो सिनेमालाई वस्तुबादी बनाउन विभिन्न हर्कत गर्न थालेका छन् । चलचित्रमा जे देखाईन्छ त्यो वास्तविक जीवनमा कसरी भोगिन्छ भन्ने कुराहरु देखाउनका लागि पहिले कलाकारलाई वर्कशप गराउने प्रचलन वढ्दै गएको छ । यसैक्रममा चलचित्र ‘एटीएम’को निर्माणपक्षले २१ दिने वर्कशप-कार्यशाला) शनिवार सम्पन्न गरेको छ ।

सोमवारवाट छायाङ्कनमा जाने तयारी गरेको यो चलचित्र तीन नायिकाहरुको कथावस्तुमा घुमेको छ । चलचित्रमा जिया के.सी, सविना कार्की र सोनीया शर्मा मुख्य भुमिकामा रहेका छन् । चलचित्रका यी तीन नायिकालाई निर्माणपक्षले शनिवार एक डान्स क्लवको पार्टी निरिक्षणमा लगेको थियो ।

यादव सिलवालको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा कृष्णा वुढाथोकीले निर्माणको जिम्मा लिएकी छिन् । दिनेश थापा प्रस्तुतकर्ता रहेको यो सिनेमामा नायक नै छैनन् । नायकले गर्ने सवै काम नायिकाले नै गर्ने निर्देशक सिलवालले वताए ।

चलचित्र सेक्सुयल साईटको विषयमा आधारीत रहनेछ । चलचित्रको कथावस्तुमा रहेका सवै विषयका वारेमा कलाकारलाई वर्कशप गराइएको प्रस्तुतकर्ता दिनेश थापाले वताए ।

चलचित्रमा जंकि टाईपको भुमिका रहेको नायिका सविना कार्कीले वताइन् । नायिका जियाले भने आफ्नो भुमिका चञ्चले खालको भएको वताईन् । यता, नायिका सोनीया शर्मा भने आफ्नो भुमिका सोझी युवतीको रहेको वताउँदै सोझो मान्छे रिसायो भने के-के गर्छ भन्ने आफ्नो भुमिकाले देखाउन खोजेको वताउँछिन् ।

सेक्स दृष्यहरु हावी भएका चलचित्रको लर्को लागिरहेका बेला यो चलचित्रमा पनि थुप्रै सेक्स दृश्यहरु समावेश हुने वुझिएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out