वेश्यावृत्तिका विरुद्ध चलचित्र तडप

चेलीबेटी बेचबिखनविरुद्धको चलचित्र तडप नवप्रस्तुतिका रूपमा पनाह अधिकारीले लेखेकी छिन् भने चलचित्रको निर्देशन राज बस्न्यातले गरेका छन्। गत शुक्रबारदेखि उपत्यकाबाहिर प्रदर्शनमा आएको चलचित्र तडपमा राजेश हमाल, दिलीप रायमाझी, झरना थापा, रवि गिरी, मोहन मिश्र, नवीन श्रेष्ठ आदि कलाकारको अभिनय छ। चलचित्र तडपको संगीत जन्म राईले दिएका हुन्। उपत्यका बाहिरको चलचित्रको व्यापारबाट आफू सन्तुष्ट रहेको तडपका निर्देशक राज बस्न्यात बताउँछन्।

ँकलिउड’ को घोषणा
टेलिभिजनकर्मीका रूपमा स्थापित भैसकेका नवराज आचार्य पहिलो पटक चलचित्र निर्देशन गर्दैछन्। गत शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आचार्यले चलचित्र 'कलिउड' को निर्देशन गर्ने घोषणा गरेका हुन्। समारोहमा चलचित्रका नायक विष्णु कार्की तथा नायिका साहना बज्राचार्य पनि उपस्थित थिए। कतारमा बसोबास गरिरहेका विष्णु यो चलचित्रमार्फत नायकका रूपमा डेब्यू गर्दैछन्। कान्तिपुर टेलिभिजनको 'प|mेम बाई प|mेम' कार्यक्रमकी भिजे साहनाको यो पहिलो चलचित्र हुनेछ। अर्का भिजे प्रदीप बास्तोलाको पटकथा-संवाद तथा संगीत रहने यो चलचित्रका निर्माता कुमार खड्का हुन्। चलचित्रका लागि थप एक जना नायक तथा नायिका छनौट हुन बाँकी रहेको निर्देशक आचार्य बताउँछन्। नेपाली चलचित्रमा स्थापित हुन संघर्ष गरिरहेकी एउटी नायिकाको कथालाई मुख्य विषय बनाइएको यो चलचित्रको छायांकन आगामी जेठ १ गते प्रारम्भ हुनेछ।

चैत १७ देखि दुलही रानी

निर्माता तथा निर्देश्ाक सोभित बस्नेतद्वारा निर्देशित पछिल्लो चलचित्र 'दुलही रानी' को सार्वजनिक प्रदर्शन आगामी शुक्रबार अर्थात चैत १७ गतेदेखि प्रारम्भ हुने भएको छ। गत मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निर्देश्ाक बस्नेतले यो चलचित्र देशैभरीका ७२ वटा सिनेमा हलमा प्रदर्शन हुने बताए। सञ्चारकर्मीहरूलाई नै प्रमुख अतिथि तथा सभापति बनाइएको उक्त समारोहमा चलचित्रकी मुख्य नायिका रागिनी खड्गी दुलहीको पहिरनमा प्रस्तुत भएकी थिइन्। द्वन्द्व निर्देशक राजेन्द्र खड्गीकी छोरी रागिनीले सोभितकै चलचित्र 'प्लान' बाट डेब्यू गरेकी हुन्, तर 'दुलही रानी' उनको पहिलो प्रदर्शित चलचित्र बन्ने भएको छ। समारोहमा 'दुलही रानी' को प्रोमो तथा गीतहरू सार्वजनिक गरिएको थियो। चलचित्रमा जयकिशन बस्नेत, मुकेश आचार्य, मौसमी मल्ल आदि कलाकारले पनि अभिनय गरेका छन्। सोही समारोहमा निर्देशक बस्नेतले आफ्नो आगामी चलचित्र 'जाउ“m हिँड पोखरा' को शुभमुहूर्तसमेत गरेका थिए। उक्त चलचित्रको छायांकन आगामी वैशाख १ देखि प्रारम्भ हुने बताइन्छ।

नयाँ वर्षमा दुई चलचित्र

नयाँ वर्ष २०६९ को अवसर पारेर दुई नयाँ चलचित्र सार्वजनिक हुने भएका छन्। नायिका रेखा थापाको चलचित्र 'रावण' चैत २७ गतेदेखि प्रदर्शन हुनेछ भने तुलसी घिमिरेको चलचित्र 'मृगतृष्णा' वैश्ााख १ गते शुक्रबारकै दिनदेखि प्रदर्शनमा आउनेछ। छवि ओझाद्वारा निर्मित चलचित्र 'रावण' को निर्देश्ान कलाकार तथा संगीतकार कमल कृष्णले गरेका हुन्। यो उनको पहिलो निर्देशकीय चलचित्र हो। यो चलचित्रमा रेखा थापासँगै सविन श्रेष्ठ तथा किशोर खतिवडाले मुख्य भूमिका निर्वाह गरेका छन्। खलनायक हेमन्त बुढाथोकीले निर्माण गरेको 'मृगतृष्णा' मा विराज भट्ट, कर्म, ध्रुव दत्त, नन्दिता केसी आदि कलाकारले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out