जोन-विपाशा सँगै

मुम्बई , चैत्र २६ - लामो समयदेखिको प्रेमसम्बन्धलाई किनारा लगाउँदै अलग अलग बाटो रोजेका जोन अब्राहम र विपाशा वसु पुनः एक पटकसँगै हुने भएका छन् । एकता कपुरले दुवैलाई आफ्नो फिल्म 'सुटआउट एट वाडला' मा खेलाउने भएपछि एकै पर्दामा दुई पूर्वजोडीलाई दर्शकले देख्ने भएका हुन् ।
त्यसो त यसअघि पनि सम्बन्ध टुक्र्याएपछि पनि सलमान-कटि्रना, अनुश्का-रणवीर सिंह, शाहिद-पि्रयंकाले फिल्म खेलिसकेका छन् । शाहिद र करिनाको त 'जब वी मेट' गर्दागर्दै बीचमै प्रेमसम्बन्ध विच्छेद भएको थियो ।
तर व्यक्तिगत जीवनले व्यवसायमा असर नपुगोस् भनेर दुवैले फिल्म पूरा गरिदिएका थिए र पछि हिट पनि भयो । विपाशाले यसअघि पनि पूर्वप्रेमीको रूपमा डिनो मोरियोसँग विभिन्न सामाजिक कार्यक्रममा देखिएर असल साथी भने रहिरहेको सन्देश दिएकी थिइन् ।
पछिल्ला दुई फिल्म 'प्लेयर्स' र 'जोडी बेकर्स' लगातार असफल भएपछि रनाहामा परेकी विपाशाले सफल निमार्ताको रूपमा उदाएकी एकताको उक्त फिल्मलाई लत्याउन नचाहेको स्रोत बताउँछ । 'जेसुकै गरेर भए पनि विपाशा यतिबेला आफूलाई हिट बनाउन चाहन्छिन् र पहिलेकै चकाचक करिअरमा र्फकन एकता सहायकसिद्ध होलिन् भन्ने उनको आशा छ,' विपाशा निकटको दाबी छ । पहिलो फिल्म 'अजनवी' बाटै फिल्म फेयर अवार्ड जितेर चर्चा पाएकी विपाशा पछि फिल्मबाट भन्दा ग्ल्यामर र प्रेमसम्बन्धबाट मिडियामा छाइरहिन् । सँगै फिल्म खेल्ने बारेमा भने जोनले खासै महत्त्व दिएका छैनन् । स्रोत भन्छ, 'खासमा उनी को-स्टारका बारेमा उत्तिसारो ध्यान दिने गर्दैनन् ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out