‘जाऊँ हिँड पोखरा’का लागि बलिउड सिनेमा छोडिन् रेखाले

नायिका रेखा थापाले बलिउडका एक निर्देशकले तयार गर्न लागेका नेपाली सिनेमा छोडेकी छिन् । उनले गीता नायरको निर्माणमा तयार हुन लागेको चलचित्र ‘ऋतु’बाट हात झिकेकी हुन् । अटो फोकस कम्पनीले तयार गर्न लागेको यो सिनेमा नेपाली भाषामा तयार हुन लागेको थियो । चलचित्रलाई भारतीय टेलिचलचित्रका चर्चित निर्देशक सुबोध चोपडाले निर्देशन गर्ने तयारी गरेका थिए ।

सुबोध चर्चित हिन्दी चलचित्र मर्डरका लेखक पनि हुन् । यो सिनेमामा रेखाको मुख्य भूमिका रहेको थियो । नारीवादी धारमा निर्माण हुन लागेको चलचित्र ऋतुमा रेखालाई सुहाउँदो भुमिका रहेको थियो ।  चलचित्रमा रेखाका अलवा नम्रता श्रेष्ठ, अनुप बराल, सुभाष थापा लगायतका कलाकारको अभिनय रहेने पक्का भएको थियो । तर नायिका थापाले आफ्नो व्यस्तताको कारणले यो सिनेमा छोडेको बताईन् । उनले आफुले गरेको सम्झौता रकम पनि फिर्ता दिईसकेको अनलाइनखवरलाई बताएकी छिन् । अनलाइनखवरसँग कुरा गर्दै रेखाले भनिन् -’जाऊँ हिँड पोखराका लागि समय दिन पर्ने भएपछि मैले यो सिनेमा छोडेको हो ।’ जाऊँ हिँड पोखरामा रेखा एक हिरोइनको भुमिकामा देखिँदैछिन् ।

यसका लागि रेखा अहिले डाइटिङ पनि गरिरहेकी छिन् । रेखाले भनेकी छिन् -’यसमा म मुख्य भूमिकामा भएको र पर्दामा पनि वास्तविक जीवन जस्तै हिरोइनको भूमिका भएकाले आफुलाई मेन्टेन गर्दैछु ।’ बलिउडकर्मीले बनाउन लागेको ऋतुु सिनेमा गर्न मन लागेपनि समय नभएर छोडेको रेखाको भनाई छ । चलचित्र जाऊँ हिँड पोखरामा ५ लाखमा अनुबन्धित भएकी रेखाले यो सिनेमालाई मात्र ४५ दिनको पूरा समय दिनु पर्नेछ । यसैले पनि ऋतुलाई समय दिन नभ्याएको उनको भनाई छ । चलचित्र जाउ“ हिँड पोखराको छायांकन यही वैशाख २० गतेबाट सुरु हुने भएको छ ।

बलिउडको अर्को सिनेमा गर्ने

नायिका रेखा थापाले एक बलिउड सिनेमा गर्न लागेको बताएकी छिन् । परिचय बनाउने युनिटले तयार गर्न लागेको सिनेमा आफुले गर्ने रेखाको भनाई छ । यो सिनेमामा रेखा मात्र नेपाली कलाकारको रुपमा रहनेछिन् भने अरु सबै कलाकार भारतीय हुनेछन् । हुन त आफुलाई बलिउड सिनेमा गर्ने खासै ईच्छा नभएपनि प्रस्ताव आएको र कथावस्तु मन परेकाले गर्न लागेको उनको भनाई छ । चलचित्रको नाम भने तय भैसकेको छैन ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out