आठ महिनामै जुम्ल्याहाकी आमा

मुम्बई , चैत्र १२ - विवाहको आठ महिनामा बलिउड अभिनेत्री सेलिना जेट्ली जुम्ल्याहाकी आमा बनेकी छन् । ३० वर्षीया सुन्दरीले गत शनिबार दुई छोरा जन्माएकी छन् ।
सेलिनाले दुबईमा व्यवसायरत अस्टि्रयाली नागरिक पिटर हयागसँग गत वर्ष जुलाईमा विवाह गरेकी थिइन् । इन्गेजमेन्टको सात महिनापछि उनीहरू विवाह गरी दुबईमा बस्दै आएका छन् । पिटरले नै दुबईबाट सन्तान प्राप्तिको समाचार सार्वजनिक गरेका हुन् । 'हो, भर्खरै हाम्रा देवदूतहरू स्वर्गबाट यहाँ झरेका छन्, यो क्षणले हामीलाई एकदमै खुसी दिएको छ,' उनले भने, 'आमा र बच्चाहरू स्वस्थ छन् । हाम्रा सन्तानका लागि सबैको आशीर्वाद चाहन्छौं ।'
पन्जाबी बाबु र अफगानी आमाबाट अफगानिस्तानमा जन्मेकी सेलिना 'जानशीं' फिल्मबाट बलिउड छिरेकी हुन् । एक महिनापछि उनको 'रन भोला रन' आउँदै छ । यो वर्ष उनका पाँच फिल्म पाइप लाइनमा छन् । उनका 'नो इन्ट्री', 'थ्याङ्क यू' फिल्म चले पनि अधिकांश असफल भएपछि करिअरभर उनलाई मुख्य नायिकाको भूमिका पाउनै संघर्ष गर्नुपर्‍यो । तर गृहस्थीमा भने उनले जुम्ल्याहा सन्तान जन्माएर सफलता हात पारिन् ।
दम्पतीले छोराहरूको नाम विन्स्टन र विराज राखिसकेको पनि बताए । सुत्केरी खान सेलिना छिट्टै माइतीघर मुम्बई फर्किने पिटरले बताए ।
गत वर्षको अन्त्यमा पूर्व विश्व सुन्दरी तथा अभिनेत्री ऐश्वर्या रायले छोरीलाई जन्म दिएकी थिइन् भने दुई महिनाअघि सेलिनाभन्दा अघिल्लो वर्षकी मिस युनिभर्स तथा अभिनेत्री लारा दत्तले पनि छोरी पाएकी थिइन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out