'टाइटानिक' फर्क्यो थ्रीडीमा, हिरोइनले आफ्नै नाङ्गो दृश्य हलमा नहेर्ने

लन्डन, चैत १६ (एपी)- सन् १९९७ को ब्लकबस्टर हलिउड फिल्म 'टाइटानिक'को थ्रीडी संस्करणको मंगलबार लन्डनमा प्रिमियर भएको छ। प्रिमियरको रेड कार्पेटमा हिँड्दै अभिनेत्री केट विन्सलेट र निर्देशक जेम्स क्यामेरनले दर्शकलाई अभिवादन गरे।
टाइटानिक जहाज दुर्घटनाको शतवार्षिकीकै सेरोफेरोमा यो थ्रीडी संस्करण रिलिज हुने भएको छ। दक्षिणी इंग्ल्यान्डको साउथाम्प्टनमा सन् १९१२ मा टाइटानिक दुर्घटना हुँदा १५ सयभन्दा बढीको ज्यान गएको थियो।
'टाइटानिक' पहिलोपटक रिलिज हुँदा मुख्य अभिनेत्री केट विन्सलेट २१ वर्षकी थिइन्।
अहिले ३६ पुगेकी विन्सलेटले त्यो बेला दिएको नग्न दृश्यप्रति लज्जा प्रकट गरिन्। 'म आफ्नो नग्न दृश्य थ्रीडीमा हेर्दिनँ,' केटले फिल्म हेर्नुअघि बताएकी थिइन्, 'त्यो दृश्य आउने बेला म बाहिर निस्कनेछु।'
अमेरिका र बेलायतमा अप्रिल ६ का दिन रिलिज हुने 'टाइटानिक थ्रीडी'लाई एक करोड ८० लाख डलर र ६० हप्ता लगाई 'फोर के' मापदण्डमा तयार पारिएको छ। निर्देशक क्यामेरनले सन् २००९ मा 'टाइटानिक'लाई थ्रीडीमा रिलिज गर्ने घोषणा गरेका थिए। २० करोड डलरमा बनेको १९४ मिनेट लामो फिल्मले अहिलेसम्म एक अर्ब ८४ करोड डलर कारोबार गरेको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out