"हो, म कोठीमा बेचिएकी थिएँ"

काठमाडौ, चैत्र २४ - 'नवौं दिन आएको काले भने नरपशु रहेछ । उसलाई मेरो कुनै कलाले छोएन - म नाचगान गर्दै थिएँ, उसले फुतफुती लुगा फाल्यो । कट्टु समेत फाल्यो । पेन्टको गोजीबाट चुरोट र लाइटर झिक्यो । उभिएरै दुई-तीन सर्का तान्यो । अनि ओठमा चेपेर मलाई च्याप्प समात्यो । मेरो लुगा पनि फुतफुती फाल्यो । मैले प्रतिकार गरें, चिथोरें । नङग्य्राएँ, टोकें, अहँ, केही सीप लागेन । कर्‍याकुरुक पारेर पछार्‍यो । लडायो । मेरा दुवै हात एक-एकतिर थिच्यो । चुरोटको धुवाँ मेरो नाक र मुखभरि फुक्यो । खुट्टा फटफटाउँदै थिएँ, बुटले नङ, औंलामा थिच्यो । अनेक बिन्ती गरें, रोएँ । मुखबाट फिँज निकालें, मेरा सबै प्रयास निष्फल भए । हात्तीले भुसुनु किचे झैं किच्यो मलाई... ।'
यो आत्मस्वीकृति पूर्वसांसद तथा एमाले नेत्री गौरा प्रसाईंको हो । झापा विद्रोहकी एक पात्र उनी १४ वर्षकै उमेरमा भूमिगत भएकी थिइन्, मोरङको पथरीबाट । स्कुल पढ्दै पञ्चायतविरुद्ध कम्युनिस्ट आन्दोलनमा लागेकी उनी लामो समय जेल परिन् । प्रजातन्त्र पुनर्बहालीपछि सांसद बनेकी उनी हाल एमाले केन्द्रीय सदस्य र अनेम संघकी नेत्री हुन् ।

छिटपुट स्तम्भ लेखनमा समेत चिनिएकी ५३ वषर्ीया प्रसाईंले यतिका लामो समयपछि भूमिगत कालका कथा-व्यथा पुस्तकाकारमा ल्याएकी छन् । 'मेरा जीवनका पाना' मा उनले आफूलाई नढाँटी व्यक्त गरेकी छन् । 'अरू पीडित महिलाहरूको लागि पनि मैले ढाँट्नु हुन्न थियो,' उनले बिहीबारको भेटमा सुनाइन्, 'हो, म कोठीमा बेचिएकी थिएँ ।'

२०२८ यता राजनीतिमै जीवन बिताइरहेकी प्रसाईंको जीवनको सुरुआती कटु भोगाइ उनको परिवारका सदस्यलाई मात्रै थाहा थियो । नारी उत्पीडन र नारीप्रति दृष्टिकोणमा अझै परिवर्तन नआएको दाबी गर्ने उनले आफ्नो आत्मकथा मार्फत 'एउटा चेतना' निर्माण होस् भन्ने चाहेकी बताइन् । झापा विद्रोहका सूत्रधार सिपी मैनाली, मोहनचन्द्र अधिकारी, नेत्र घिमिरे, कृष्ण कुइँकेल लगायतको प्रभावमा आन्दोलनमा लागेकी उनी प्रहरीको आँखा छल्न घरबाट भागेर भारत पस्दा सिलिगुडीस्थित जलपाइगुडी रेल स्टेसनबाट अपहरण परेकी थिइन् । त्यहाँबाट वेश्यालय पुर्‍याइएकी उनले २२ दिन नारकीय जीवन बिताइन् ।

'एक साँझ डरलाग्दो बिहारी आयो, एक छिन आँखा पल्टाएर मलाई हेर्‍यो,' प्रसाईंले किताबमा लेखेकी छन्, 'माल त अच्छा रै'छ, ल ठीक पर' भन्दै कपडा फुकाउन थाल्यो । त्यसको ज्यान हेर्दै मेरा हातखुट्टा बाउँडिए । वाक्यै आएन । उसले एकैचोटि यसरी झम्ट्यो कि मेरो त कानबाटै सास गयो । चीलले नंग्राले चेपेर रुवाउँदै आकाशमा उडाएको कुखुराको चल्लाजस्तै भएँ म ।' घर छाडेर निस्केपछि वेश्यालयमा भोगेका पीडा, त्यहाँबाट उम्केपछिको जेलयात्रा, कस्टडीको यातना, घर परिवारसँगको विछोड, प्रवासी जीवन, विवाह हुँदै २०४६ को परिवर्तनसम्म समेटिएको यो आत्मकथा उनले १३ वर्षअघि नै लेखेकी रहिछन् । 'लेखेर पहिलो पटक मैले जेठी छोरी -सञ्जिता) लाई देखाएँ,' उनले भनिन्, 'उनले छाप्नुपर्छ भनिन् ।'

लेख्न भने उनले ३० को दशकमै सुरु गरेकी थिइन् । वेश्यालयबाट निस्केपछि कोलकातामा भेटिएका लक्ष्मण रायमाझीलाई आफ्नो कथा सुनाउँदा डायरी लेख्न अभिप्रेरणा दिएको सुनाउँदै उनले आफ्नै पति गोविन्द कोइरालाले पनि बरोबर प्रोत्साहन दिइरहेको बताइन् । 'उहाँ (पति) ले जति त मलाई अरूले बुझ्नै सक्दैनन्,' उनले भनिन्, 'पार्टी कामदेखि जिन्दगीका सुखदुःखमा हामी सँगै रह्यौं ।' सबै कथा सुने/सुनाएपछि बिहे भएको भन्दै उनले 'धेरैले असली कथा लुकाउने भए पनि आफूमा त्यो ढोङ नरहेको' दाबी गरिन् । 'पञ्चायत फाल्न र प्रजातन्त्र ल्याउन परिस्थितिवश म बेचिएँ,' उनले भनिन्, 'मैले के बिगारेकी थिएँ र डराउने ? जानाजान वेश्यालय गएकी त थिइनँ नि ।'

जनता र कार्यकर्ताले गरेको योगदान र बलिदानको सम्मान गर्ने र त्यसबाट सिक्ने काममा अहिले प्रायः सबै पार्टीहरू चुकिरहेको स्विकार्दै उनले आफ्नै पार्टीभित्र पनि त्यस्तो गलत प्रवृत्ति झ्याँगिरहेको बताइन् । 'मैले यो आत्मकथालाई उहिल्यै पार्टीको सम्पत्ति स्वरूप प्रकाशन गर्नुस् पनि भनेकी थिएँ,' शुक्रबार सार्वजनिक हुने किताबबारे उनले भनिन्, 'तर, वास्ता गरेनन् ।' अन्य निजी प्रकाशनहरूलाई दिँदा सम्मानभन्दा पनि 'व्यापरीकरण र दुरुपयोग' बढी हुने शंकाका कारण यतिका वर्ष पाण्डुलिपि त्यत्तिकै थन्किएको उनले सुनाइन् ।'पछि मेरा यी कथाहरू दुनियाँले पढ्नुपर्छ जस्तो लाग्यो,' साझा प्रकाशनले छापेको किताबबारे उनले भनिन्, 'अनि छापें ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out