यसरी पक्राउ परे सभासदका डमी परीक्षार्थी

उपेन्द्र लामिछाने, रौतहट, चैत १५- मकवानपुर क्षेत्र नं २ बाट निर्वाचित एकिकृत माओवादीका सभासद प्रेमबहादुर पुलामीले डमी परीक्षार्थी खडा गरी आफ्नो एसएलसी परीक्षा दिएको पुष्टि भएको छ। रौतहटको चन्द्रनिगाहपुरस्थित श्री जनज्योति उमाविबाट एसएलसीको फर्म भरेका सभासद पुलामीले मकवानपुर जिल्ला नामटार- ८ का २५ वर्षीय साहित्य स्याङ्गतानलाई नक्कली परिक्षार्थीको रुपमा आफ्नो परीक्षा लेखाएका हुन्। सिम्बोल नं ०३५५०४६"बी" भएका सभासद पुलामीको नामबाट जुडिवेला मावि परीक्षा केन्द्रमा परीक्षा दिइरहेका स्याङ्गतानलाई सशस्त्र प्रहरीका डिएसपी रामकुमार सिंहको नेतृत्वमा आएको अनुगमन टोलीले बुधवार पक्राउ गर्‍यो।
सभासद पुलामिको नामबाट स्याङ्गतानले यसअघिका सबै परिक्षा दिएको बताएका छन्। प्रहरीले उनलाई आवश्यक कारवाही तथा अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गौरमा लगेको छ।
यसैगरि मकवानपुर जिल्ला पदमपोखरी गाविसकी तारा मोक्तानलाई बुधवार नै आफ्नी दिदी पूर्णिमा मोक्तानको नामबाट परिक्षा दिइरहेको अवस्थामा रौतहटकै चन्द्रनिगाहपुर स्थित जनज्योती उमावि परिक्षा केन्द्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ। रौतहट जिल्लामा यसपटकको एसएलसीमा २१ जना नक्कली परिक्षार्थीलाई नियन्त्रणमा लिई शिक्षा ऐन अनुसार कारवाही चलाइसकिएको शिक्षा कार्यलयले जनाएको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out